भीमफेदीमा १२ करोड लागतमा, १५ शैय्याको अस्पताल बन्दै

अखबार हब
२०७८ चैत्र १०, बिहीबार १५:१६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ शैय्याको पृथ्वीचन्द अस्पताल भवनको शिलान्यास गरिएको छ ।विहिबार भीमफेदीका १५ जना ज्येष्ठ नागरिकले संयुक्तरुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यसहित करिब १२ करोड ६१ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । टेन्डर प्रक्रियाबाट अस्पताल भवन निर्माण गरिन लागेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानिकारी दिए ।

अस्पताल सञ्चालनमा आएपछि भीमफेदी र इन्द्रसरोवरका नागरिकलाई सहज हुने बताइएको छ ।

अध्यक्ष लामाका अनुसार सवारी दुर्घटना धेरै हुने भएका कारण त्यसक्षेत्रमा अस्पतालको आवश्यकता रहेको थियो । संघीय सरकार र भीमफेदी गाउँपालिकाको लगानीमा अस्पताल स्थापना हुन लागेको हो ।

साथै उनले पालिकामा रहेका जेष्ठ नागरिकको बन्ने अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने समेत उनले बताए ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार नै सेवा, सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ । अस्पताल भवनमा ३ वटा ब्लक रहनेछ । लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने बताइएको छ ।

कार्यक्रम भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीको विशेष अतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*