बालबालिकालाई ५ घण्टा तातो घाममा कुराउँदै मुख्यमन्त्री पाण्डेले गरे बालमैत्री पालिका घोषणा

अखबार हब
२०७८ चैत्र १३, आईतवार १३:२६

मकवानपुर । हिजो (शनिवार) मकवानपुरगढी गाउँपालिकालाई बालमैत्रि गाउँपालिका घोषणा गर्ने कार्यक्रम सम्पन्न भयो ।

गाउँपालिकालाई बालमैत्री पनि घोषणा गरीयो । तर, सोही कार्यक्रममा बालबालिका चैतको तातो घाममा सास्ती दिएको दृश्य देखियो । कारण थियो, प्रमुख अतिथी राजेन्द्रप्रसाद पाण्डेको ढिलो आगमन ।

विहान ११ बजे उद्घाटन गर्ने भनिएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे सरकारी गाडीको झण्डा हल्लाउँदै करिब ३ बजे मात्र कार्यक्रम स्थलमा पुगे ।

विहान ११ बजे देखि खानासमेत पेटभरी नखाई मुख्यमन्त्री पाण्डेको प्रतिक्षामा हातमा पुष्प गुच्छा, प्ले–कार्ड, खादा र माला लिएर बसेको गढीगाँउपालिकाका बालबालिकालाई भने मुख्यमन्त्री पाण्डे खासै वास्ता गरेनन् । बरु, उनी कार्यक्रम स्थलमा पुगे र कार्यक्रमको उद्घाटन गरे, अनि बालमैत्रि गाउँपालिका घोषणा भएको भाषण छाटे र फर्कीए तर सोचेनन् आफ्नो कारणले चैतको रापीलो घाममा खलखल पसिना बगाएर बसेका बालबालिकालाई घण्टांै कुराएर बालमैत्री गाउँपालिका घोषणा गर्नु कत्तिको जायज छ मुख्यमन्त्री ज्यू ? तपाईको मिठो भाषणले मात्रै गाउँपालिकाका बालमैत्री हुन्छ त ?

यसमा तपाइको मत

Your email address will not be published.


*