हेटौंडा सिमेण्टको महाप्रबन्धकमा पाण्डे नियुक्त

अखबार हब
२०७८ चैत्र २५, शुक्रबार १३:४९

मकवानपुर । सरकारले हेटौंडा सिमेण्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा तीन जनाको नाम सिफारिस भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गठित छनोट समितिले नाम सिफारिस गरेको थियो।

महाप्रबन्धक नियुक्तिका लागि गत माघ २६ गते सूचना प्रकाशन गरिएको थियो। उक्त पदका लागि १२ जनाले आवेदन दिएका थिए। ती मध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस भएको थियो।

अन्तिम सूचीमा परेकाहरुमा लक्ष्मीपुर – ८ दाङका वसन्तकुमार पाण्डे, काठमाडौंको बुढानिलकण्ठका भरत रेग्मी र धुम्बाराहीका भूपेन्द्रप्रसाद अर्याल रहेका थिए।

मन्त्रिपरिषद्‍को बैठकले पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गरेको छ । कमजोर व्यवस्थापनका कारण हेटौंडा सिमेन्ट उद्योग नाफामा छैन। कम्पनीलाई नाफामा लैजाने गरी सञ्चालन गर्नु नयाँ प्रबन्धकको जिम्मेवारी हुनेछ। हेटौंडा सिमेन्ट सरकारको शत प्रतिशत लगानी रहेको उद्योग हो।

यसमा तपाइको मत

Your email address will not be published.


*