आँधि तुफान २ को सञ्जय र अनामिकाको रोमान्टिक गित सार्बजनिक(भिडियो सहित)

अखबार हब
२०७९ श्रावण १, आईतवार १८:२३

हेटौंडा । आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘आँधि तुफान २’को नयाँ गीत रिलिज गरीएको छ । ‘कसम तिमीलाई म छोड्दिन’ बोलको गीत रिलिज गरिएको हो ।

गितमा चलचित्रका मुख्य अभिनेता सञ्जय खतिवडा र अभिनेत्री अनामिका कार्की फिचरिङ छन् । रोमान्टिक अवतारमा प्रस्तुत गरिएको गीतमा अर्जुन लिम्बु र बिनुसा राईको स्वर छ । विक्रम थापाको संगीत तथा दीपेन्द्र खड्काको शब्द रचना रहेको गीतको भिडियोमा नृत्य कमल राईको रहेको छ । यस अघि नेपालीसहित भोजपुरी चलचित्रमा समेत अभिनय गरेका नायक खतिवडाले यो चलचित्रले दर्सकको मन जित्ने बताए । दर्सकको पैसा, समय खेर नजाने उनको प्रतिक्रिया थियो ।

नारी प्रधान एक्शन चलचित्र २०६३ सालमा प्रदर्शन भएको चलचित्र आधी तुफानको सिक्वेल हो । मदन घिमिरेले निर्देशन गरेको यो चलचित्रमा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशन जीवन गौतमको रहेको छ ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण रहेको चलचित्रमा नायक खतिवडा र नयिका कार्की सङ्गै रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

मौनता श्रेष्ठको निर्माण, कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको नृत्य, सुरेश अधिकारी र विक्रम थापाको संगीत, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*