मनहरीमा निःशुल्क महिलाको पाठेघरको जाँच
मकवानपुर । मकवानपुरको मनहरीमा निःशुल्क महिलाहरुको पाठेघरको जाँच गरिएको छ ।
बस्तिपुर जेसिज हाडिखोलाको आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नं ४ को समन्वयमा आज महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच गरिएको हो ।
मनहरी ४ को पशुपतिनाथ माविमा भएको १ दिने शिविरको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको हातबाट परीक्षण किट हस्तान्तरण गर्दै उद्घान गरिएको थियो ।
वनकरिया समुदायका महिलाहरुलाई लक्षित गरि आयोजना गरिएको उत्त शिविरमा ७८ जनाले पाठेघरको जाँच गराएका थिए । शिविरमा २ जना सेवाग्राहीले १२ वर्षे अस्थाइ परिवार नियोजनको साधनको सुविधासमेत लिएको बस्तिपुर जेसिज हाडिखोलाका अध्यक्ष तेजप्रसाद उप्रेतीले बताए ।
शिबिरलाई मनहरीको स्वःजानुका रेग्मी स्मृति स्वास्थ्य सेवा तथा सूचना फाउण्डेशनबाट औषधी सहयोग गरेको थियो ।
शिविरमा बोल्दै अध्यक्ष कालखेतीले मानविय भावना बोकेको जेसिजले गरेको शिविरबाट गाउँपालिका देखि विभिन्न सहरका अस्पताल धायर जचाउँदा हुने खर्चबाट विपन्न वर्गले लाभ लिने भन्दै पालिकाको अन्य वडामासमेत यस्तै शिविरको सञ्चालनको लागि हातेमालो गर्न पालिका तयार रहेको बताए ।
शिविर बस्तिपुर जेसिज हाडिखोलाका अध्यक्ष तेजप्रसाद उप्रेतीको सभाध्यक्षतामा भएको थियो ।