नेपाल र नेपालीको भविष्यको निमित्त राज संस्था आवश्यक
नेपाल र नेपालीको भविष्यको लागि संबैधानीक राज संस्था अति आवश्यक छ । हामी नेपालीलाई नाम र पहिचान दिलाउने संस्था भनेको नै राज संस्था हो । हामीलाई यो नाम र पहिचान दिलाउनको लागि त्यो संस्थाले खेलेको भुमिकालाई सदैब नेपाली जनताले सम्मान गर्न सक्नु पर्दछ । हाम्रो खातिर नै त्यो सस्थाले ससाना मुलुकमा विभाजित राज्यहरुलाई एकिकृत गरि विशाल राज्य त्यसमा पनि कसै सँग नहारेको र नझुकेको नेपाल हामीले पाएका छौँ ।
नेपाल र नेपालीको पहिचानको निमित्त त्यो संस्थाले के गरेन, साम, दाम, दन्ड भेद सबै लागे सक्त्ती र भ्याए सम्म गर्ने काम भएको भएर न विश्व मान चित्रमा सानै भए पनि हाम्रो नाम, पहिचान र ईज्जत काम भएको छ । सारा विश्वले हामी नेपालीलाई विर गोर्खालीका सन्तानहरुका हिसाबले हेर्ने र सोहि बमोजीम व्यवहार गर्ने गरेका छन् ।
२०६२/०६३ सालको जन आन्दोलनको नाममा नेपाली जनतालाई कर, काप, छल गरी राज संस्थालाई पाखालगाउने काम भएको हो । यो पनि साचो हो की त्यो आन्दोलनमा सहभागी नहुने सोझा साझा निमुखा गाउँलेहरुलाई जरीवाना, गाई बस्तु, अन्नपात, जग्गा आदी हत्याउने भन्दै गाउँ गाउँ बाट सारा नेपाली जनतालाई सडकमा उतार्ने काम गरिएको थियो । फलस्वरुप नेपालको राजाले पनि हाँसी हाँसी आफु नेपाल र नेपालीको जहिले पनि पक्षमा लाग्ने र नेपाल र नेपालीको भविष्यको बाधा आफु नहुने कुराको निक्योल गर्दै लामो समय देखी खाई पाई गर्दै आएको सारा सुख सुविधाहरु त्यागी एक आम नेपालीको हैसियतमा बस्न चाहे ।
नेपाली जनताको माझमा नेपालको भविष्य र विकाशको बाधा भनेको नै राज संस्था हो र नेपालको राज संस्था हटाए पश्चात मुलकमा विकाशको लहर सिर्जना हुने र नेपाल स्वीजरल्याड बन्ने सपना बाडेर ब्रम्हलुट मच्चाउनेहरुले यतीखेर देशलाई कहाँ पुर्याउने काम भयो ? हामी कहाँ जान भनेर हिडका थियौ र अहिले आएर हामी कहाँ आई पुगेका छौँ, प्रत्यक नेपाली जनताले छातीमा हात राखेर सोच्नु पर्ने बेला आएको छ । त्यति मात्र हैन की देशमा बाहय हस्तक्षेप, चरम मुल्य बुदि, भ्रस्टचार र बिदेशीको कृडा स्थल नै यति खेर हाम्रो देश भएको छ । एउटा सामान्य बिदेशी कर्मचारीले हामी कहाँ आएर खुल्लम खुल्ला यो देशको नेताहरुलाई भेटने, थर्काउने गर्दा समेत चुक बोल्न नसक्ने हाम्रो नेपालका नेताहरुबाट हामीले के कुराको आसा र भरोसा राख्ने हो सम्झदा नी उदेक लाग्ने गर्दछ ।
नेपाली जनतालाई एक ढिक्का बनाउन :
सयौँ जातजाति,कयौँ भाषा भाषि, विविध चाल चलन, विविध धर्म संस्कृतीमा आबद्ध नेपाली जनतालाई एउटै मालामा अर्थात सुत्ररमा सजाउने र एकिकृत बनाउने संस्था भनेको नै नेपाल र नेपालीको लागि राज संस्था हो । यसले हामीलाई बलियो मात्र बनाउने काम गरेको थिएन की एक ढिक्का हुदा शक्त्ती आर्जन गर्ने काम समेत भएको थियो । हामी विचमा अत्भुत खालको भाई चारा र सम्बन्ध स्थापीत हुने काम भएको थियो । मेची देखि महाकाली र हिमाल देखि तराई सम्म हाम्रो सम्बन्धमा कुर्नै पनि किसीमको आच आउने काम भएको थिएन । हामी भाई भाई भएर मिली कन बसेका थियौं । विविध जात, धर्म, संस्कृती र विविध भुगोलमा बसेका भए पनि एक नेपाली भएर बसेका थियौँ । एउटा नेपालीलाई विच्दा अर्काे नेपालीलाई दुख्ने खालको हाम्रो आत्मीय सम्बन्ध बनेको थियो र यसको श्रेय राज संस्थालाई नै जान्छ । हामी विचमा कुनै पनि किसीमको जातीय, क्षेत्रीय, धार्मीक वितृण्डा बढेको थिएन । हामी अन्य मुलुकका जनता जसरी धनी त पक्कै पनि भएनौ तर हामी अरु भन्दा खुसि भने पक्कै थियौँ । यस्तो अतभुत सम्बन्ध हामी माझ कायम थियो । जसरी अहिले आएर प्रत्यक नेपाली जनतालाई जात जातमा फुटाउने, धर्म धर्ममा फुटाउने, भुगोल भुगोलमा फुटाउने र वाहय स्वार्थ पुरा गर्ने खेल हामी विचमा चल्दै छ त्यसलाई परास्त गर्न समेत हामीलाई राज संस्थाको आवश्यक छ ।
भ्रस्टहरु बाट मुलुकलाई जोगाउन :
विगतको दिनलाई सम्झदाँ पनि हामीलाई गौरभको अनुभुति हुन्छ । विगतका दिनमा भ्रस्टचार पुर्णरुपमा थिएन भन्न त नमिल्ला तर आजको र अहिलेको जस्तो हिनलाग्दो चरम भ्रस्ट्रचार भने पक्कै थिएन । हिजोको हिजोको दिनमा राजा हुदा भ्रस्ट्रचार गर्न मानिसहरु ढराउने र हिचहीचाउने र आफ्नो नैतिकतालाई हेर्ने चलन थियो तर ठिक नेपालमा राज संस्थालाई पाखा लगाए पछि भने लाजै नमानी हरेक क्षेत्रमा खुल्लम खुल्ला रुपमा कसैको ढरत्रास लाजघिन केहि नमानीकन भ्रस्ट्रचार दिन दिन गुणा रात चौगुणा का हिसाबले बुद्धि हुने गरेको छ । हरेक क्षेत्रमा भ्रस्ट्रचार मौलाउदै गएको पाईन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रण्टाचार गर्ने ११७ औ भ्रस्ण्टचार हुने देशमा परेको छ । १८० देशको अध्ययन गर्दा नेपालले जम्मा ३३ अंक पाएको छ । यी र यस्ता घिनलाग्दा गतीबीधीहरुलाई परास्त गर्नको निमीत्त पनि हामीलाई नेपालमा राज संस्थाको अति आश्यक छ ।
बाह्य हस्तक्षेपबाट मुक्क्त तुल्याउनः
जसरी आज हामी विविध बहानामा फुटेका छौं त्यसै गरी हामी एक आपसमा जुट्नु पर्ने बेला आएको छ । बिदेशीहरुको खेल भनेको नै विविध जाल झेल र अबसर देखाएर नेपाली नेपाली विचमा तीक्तता पैदा गर्ने जात जातमा फुटाउने, धर्म धर्ममा नेपालीहरुलाई विभाजीत गर्ने, भाषा भाषा मा फुटाउने र राज उनीहरु नै गर्ने कुरालाई हामी नेपालीले जति सक्यो चाढो चिन्न र बुझन सक्नु पर्दछ । एउटा सामान्य बिदेशी कर्मचारीहरुले हामी कहाँ आएर हाम्रो ठुल ठुला नेताहरुलाई भेटने र थर्काउने गर्दा हामी मौन बस्नु पर्ने बाध्यता सृर्जना भएको छ । हामी केहि गर्न नसक्ने अबस्थामा आई पुगेका छौँ । सुनको कचौरा बोकेर माग्नु पर्ने बाध्यता हामी कहाँ छ । बिदेशीहरुले हामी माझमा टुटफुट र राज गरको निती अबलम्बन गर्दै हाम्रो भुगोल र हाम्रो भुमि मिचीरहदा समेत हामी लाचार बनी रहेका छौँ । चुइकक बोल्न सक्ने हाम्रो हिम्मत छैन । सोझा साझा नेपाली जनताहरु आफनै भुमिमा विदेशीले तुइन काटेर मारिदा हामी विबस भई रमीता र्हेर्न बाध्य बनेको अवस्था हामी माझमा सिर्जना भएको छ । यी र यस्ता कयौ बाहय हस्तक्षेपबाट मुक्क्त तुल्लाउनको लागि र नेपालीहरुलाई एक ढिक्का बनाउदै बाह हस्तक्षेपबाट मुक्क्त तुल्लाउनको लागि पनि हामीलाई नेपालमा राज संस्थाको आवश्यक पर्दछ ।
कानुनी राज्यको स्थापना गर्न :
राजसंस्थालाई पाखा लगाई मुलुक यतिखेर गणतान्त्रीक देश त भयो तर कस्का लागि भयो ? नेपालीले महसुस गर्न सकेका छैन । उही ठुला ठाला भन्नेहरुका दिन बले तर सोझा साझा निमुखा जनताका लागि भने उही पहिलाको भन्दा पनि कयौ गुणा दुख र कस्टकर मय दैनिकी साबीत बन्दै छ । ठुलाले जे गरे पनि हुने, जसो गरे पनि उनीहरुले उन्मुक्त्ती पाउने र सानालाई भने कानुन लाग्ने खालको गतिविधीहरु हामी कहा दिन दिनै बढ्दो छ । न्याय सबैका लागि समान रुपले हुन सकेन। हुने खानीको खल्तीमा न्याए पुग्न गएको पाईन्छ । न्याएलय न्याएलय जस्तो छैन, चुइक्क बोल्यो भने वा बोलेको भरमा न्यायलय भित्र वकीलहरु कुटीन्छन्, न्याएलय भित्र आन्दोलनहरु हुन्छ भने सर्बसाधारणले त्यहा बाट कस्तो न्याएको अनुभुति गर्न सक्ला सोच्दा पनि कहाली लागेर आउछ । निर्मला हत्या प्रकरणका दोशिहरु खुले आम हिडीरहेका छन् तर पनि पिडीतले कहिले न्याए पाउने हो पत्तो छैन । सोशीत र पिडीत पक्षहरुको बारेमा बोलि दिने कस्ले हो थाहा छैन । यी र यस्ता खालका असमान व्यवहरुको अन्त्यको लागि र आवाज विहीन हरुको आबाजको लागि पनि हामीलाई राज संस्थाको आवश्यकता झन बढेर गएको छ ।
युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन :
राजाको पालामा खुलेका ठुल ठुला उद्योग कलकारखानाहरु राजनैतिक अस्थीरता र अराजकताको कारण बन्द हुन पुगे र कतिपय खुलेर पनि बन्द हुने अवस्थामा छ । यहा सम्म कि सरकारी उद्योगहरु यति खेर निजी कम्पनीको निर्देशन अनुरुप चल्ने गरेको पाईन्छ । जसको ज्वलन्त उदाहरणको लागि हामीले हेटौडा सिमेन्ट कारखानालाई लिन सक्छौँ । जसको उत्पादन गर्ने क्षमता धेरै हुदा हुदैँ पनि विविध बहानामा उत्पादन नै नगरि घाम तापेर बसी रहेको छ । जे हुनु पर्ने त्यो नहुने र जताततै गलत सेटिडमा कलखारखानाहरु चलि रहेको छ र भए गरेका सरकारी उद्योग कलकारखानाहरु नेताहरुले कौढीको भाउमा बेची खाए । जसको कारण लाखौँ लाख नेपालीहरु यतिखेर विविध अबसरको खोजिमा विदेशीन बाध्य बनेका छन् । राम्रो खाने र मिठो सपना लिएर नेपालीहरु मरु भुमिको राफ र तापमा आफनो उज्जवल भविष्य खोजि रहेका छन् । यो क्रम दिन रात गुणा र रात चौगुणाका हिसाबले बढीरहेको छ । कहाँ विलाए हाम्रा त्यति धेरै कल कारखानाहरु, हेटौडा कपडा उद्योग, बासबारी छाला जुत्ता उद्योग, चिनी मील, जुटमील, टेक्सटायल, भुकुटी कागज कारखाना, बुटवल धागो उद्योग कारखाना, विराटनगर जुटमील, हिमाल सिमेन्ट कारखाना, हरिसीद्धी इट्टा टायल कारखाना, आदी सबै बेचि खाए पछि युवाहरु बिदेशीन बाध्य छन् । अझ पनि हाम्रो चेत नखुल्ने र नेताहरुको हातमा मात्र यो देश छोडने हो भने हाम्रो नियत अझ यो भन्दा पनि गएगुझरे हुने निश्चीत छ ।
तसर्थ सबै नेपाली एक ढिक्का भएर देशको उज्वल भविष्य निर्माण गर्न चाहने हो र देशलाई सम्बृद्ध बनाउन चाहने हो भने कसैलाई पनि निषेध नगरीकन राज संस्था ल्याउनु पर्दछ । हाम्रो छरीएर रहेको शक्तिहरुलाई एकिकृत पार्दै देश निर्माणमा जुट्ने हो भने सम्बृद्धि हाम्रो पालामा नै ल्याउन सक्छौँ । केहि कुराहरु मात्र हाम्रो विग्रिएकोे हो सबै नस्ट भने भएको छैन । तसर्थ नेपाल र नेपालीको भविष्यलाई बचाउनको निमीत्त र बाह्य हस्तक्षेप बाट देशलाई जोगाउनको लागि पनि नेपाली माटो सुहाउँदो राज संस्थाको आवश्यक छ र ल्याउनु पर्दछ । धन्यबाद ।
लेखकः राप्रपा मकवानपुर जिल्ला उपाध्यक्षसमेत हुन् ।