तनहुँ अदालतले सफाइ दिए पनि जेल मुक्त हुने छैनन् पल शाह
काठमाडौं । नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई दिएको हो ।
तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।
शाह करिब एक वर्षयता थुनामा छन् ।