भीमफेदीको बजेट ६८ करोड ५४ लाख

अखबार हब
२०८० असार ११, सोमबार ०९:४९

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ५४ लाख १९ हजार ७ सय ६९ रुपैँयाको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालुतर्फ ३३ करोड २० लाख ८ हजार १ सय ६६ रुपैँया रहेको छ भने पुँजीगतफर्त ३५ करोड ३४ लाख ९१ हजार ६ सय ३ रुपैँया रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा विशेषगरी कृषि र स्वरोजगार क्षेत्रलाई प्राथमिकतामा राखिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले यो वर्ष चरम खरेडीको कारण आधिकांश किसानको मकैबालीमा करिब ३० प्रतिशत नोक्सान हुने निश्चित भएको हुँदा यसलाई मध्यनजर गरेर अनिकालबाट जोगाउन यस्तो योजना ल्याइएको बताए । यसको समाधानका लागि रैथानेबाली कोदो र फापर लगाउने किसानको लागि उत्पादनको आधारमा नगद अनुदानको व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।

यस्तै आगामी वर्षको बजेटमा उद्यमी महिला तथा युवाहरुको लागि ब्याज अनुदानको व्यवस्था गरिएको बताए । यस्तै आगामी वर्षको बजेटमा पालिकामा कार्यरत मजदुरको सूचिकृत गराएर अनिवार्य सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बजेटफार्फत समेटिएको अध्यक्ष लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*