मकवानपुरगढी ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

अखबार हब
२०८० असार १७, आईतवार १९:५५

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।

यससँगै मकवानपुगढी ४ पालिकामानै पहिलो संस्थागत सुत्केरी हुने वडा बनेको छ । आईतवार पालिका अध्यक्ष दोर्जे लामा स्याङतानले एक औपचारिक कार्यक्रमका बिच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् ।

अध्यक्ष स्याङतानले वडा नम्बर ४ मा रहेको सहिद रुद्र स्मृती सामुदायिक स्वास्थ्य इकाईलाई प्रमाण पत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणाका हुन् ।

आगामी वर्षहरुमा अन्य वडालाई पुर्ण संस्थागत सुत्केरी वडा बनाएर सिङ्गो पालिकालाई नै संस्थागत सुत्केरी हुने पालिकाको रुपमा विकास गर्ने गरी अभियान चलिरहेको जनाए ।

वडामा गत आर्थिक वर्षमा ४० जना र चालु आवमा ३५ जनाले संस्थागत सुत्केरी गराएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य संयोजक धुब्र लामिछानेले बताए । बिगत ५ वर्ष देखि यो अभियान सञ्चालनमा रहेको र घोषणालाई दिगो राख्नको लागि आफुहरु सक्रिय भएर लागि पर्ने लामिछानेले जनाए ।

साथै चालु आवमा कम्तिमा ३ वटा वडा संस्थागत सुत्केरी वडा घोषणा गर्नको लागि वडा नम्बर १, २, र ३ लाई प्राथमिकतामा राखेको र सोहि अनुसार स्वास्थ्य साखाले काम गरिरहेको लामिछानेले बताए । वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको सभाअध्यतामा भएको कार्यक्रममा गाउँपलिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आथिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*