शिक्षक माथि मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीको अनावश्यक ‘टचर’

अखबार हब
२०८० असार २८, बिहीबार १९:१०

मकवानपुर । तीन दशक शिक्षण पेसमा सक्रिय रहेका मनहरी गाउँपालिका वडा नम्बर–१ चकरीका नवराज डोटेल यति बेला पेशा नै छाड्ने मनसायमा छन् ।

मनहरी गाउँपालिका वडा नम्बर– १ चकरीको प्राथामिक विद्यालय जुल विद्यालयमा उनले आफ्नो जिवनको एक उर्जावान समय बिताएका छन् । करिब ८६ जना विद्यार्थी अध्ययन गर्ने विद्यालयका उनी प्रध्यानध्यापकसमेत हुन् । तर, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले अनिवार्य प्रअ सरुवा गर्ने नाममा अनावश्यक दुःख दिन खोजेसँगै उनी चिन्तीत देखिन्छन् ।

उनलाई अन्य विद्यालयमा प्रअ भएर जाने मनछैन, त्यसैले उनले विद्यालयको प्रअबाट राजिनाममा पनि बुझाइसके तर गाउँपालिकाले भने उनको राजिनामा सकृत गरेको छैन । राजिनामा किन स्वकृत गर्नु नएको ? भन्दा पालिका अध्यक्ष कालाखेतिले आफुलाई हप्काएको भन्दै दुखेसो गरे । ‘म माथि पालिका अध्यक्ष जस्तो मान्छेले शिक्षण पेसाकै अपमान गर्ने गरि हम्काउनु भयो, मलाई मानसिक टचर भयो, त्यसैले पेशाबाटै राजिनामा दिने मनसायमा छु ।’ उनले भने ।

ऐन, नियम विपरित प्रअ सरुवा गर्न लागेको भन्दै पालिका भरका प्राथमिक विद्यायका १८ जना प्रअले सामुहिक राजिनामा दिने तयारी गरेको उनले सुनाए ।

मनहरी गाउँपालिका वडा नम्बर–९,खरङ्गामा रहेको सहिद स्मृति प्राथमिक विद्यालयका प्रअ पशुपति पाठक पनि पालिकाको यस किसिमको निणर्य प्रति खुसि देखिदैनन् । करिब ६ बर्ष देखि प्रअको जिम्मेवारी सम्हालि रहेका पाठक अन्य विद्यालयमा सोहि भूमीकामा जादा उक्त विद्यालयको बातावरण, सामुदायिक अवस्थाबारे बुझ्न समस्या हुने उनको भनाइ छ । जसको कारण राम्रो नतिजा दिन समस्या हुने उनले बताए । अन्य विद्यालयमा सरुवा गर्नु परेमा प्रअको जिम्मेवारी दिन नहुने उनको धारणा छ ।

पालिकाले उक्त विषयमा केही दिन अघि अन्तरक्रिमा बोलाएर आफुहरुको कुरै राख्न नदिई एकलैटी ढङ्गबाट निणर्य गरेको बताए ।

पालिका अध्यक्ष कालाखेतीले एकलौटी निणर्य गर्दा समस्त शिक्षकको मनोवल गिरेको उनको भनाइ छ । आफुले पनि पालिकाको एकलौटी निणर्य सहन नसकेर प्रअ पदबाट राजिनामा बुझाएको बताए ।

यता पालिकाको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले भने शिक्षा नियमावलीमा शिक्षक सरुवा गर्ने व्यवस्था भएको तर प्रअ सरुवा हुने भन्ने नभएको बताए । प्रअ सरुवाको विषयमा विवाद बढेसँगै पालिकाले केही नियम हेरफेर गर्ने तयारी गरेको सापकोटाले बताए । शिक्षा समितिमा छलफल हुदाँ आफुले सबैको सहमतिमा अघि बढ्नु पर्ने धारण राखेको भएता पनि अध्यक्षको आदेश सबैले मान्नु पर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*