१० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन बागमतीका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

अखबार हब
२०८० श्रावण ५, शुक्रबार ११:३९

मकवानपुर । बागमती प्रदेशका अस्पतालहरुमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको अध्यक्षतामा बसेको बैठकले अस्पतालहरुका शैया मध्य १० प्रतिशत शैया निशुल्क रुपमा उपलब्ध गराउनका लागि निर्णय गरेलगतै कार्यान्वयनका लागि निर्देशन दिइएको छ ।

‘संघीय सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यो निर्णय गरेर कार्यान्वयनमा ल्याएपछी बागमती प्रदेश सरकारले पनि कानूनमा भएको बिषयलाई कार्यान्वयनमा ल्याउनका लागि थप निर्देशन दिएको हो ।

अस्पतालमा विपन्न, असहाय, वेवारिसे विरामीका लागि निशुल्क रुपमा बेढ उपलब्ध गराउनका लागि निर्देशन दिइएको हो । त्यसैगरी अस्पताल परिषरमा केही अस्पतालले सवारी पार्किङ शुल्क लिएको गुनासोपछी मन्त्रालयले निःशुल्क पार्किङको व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*