जङ्गली जनावरको हैरानी खेपेका मध्यवर्ती क्षेत्रका किसान
मकवानपुर । पश्चिम मकवानपुरको मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका किसान यति बेला जङ्गती जनावरको आतङ्कले आजित छन् ।
मनहरी गाउँपालिकाको वडा नम्बर १,२,४ र ५ त्यसै गरि हेटौंडा उपमहानगरपालिकाको १२,१३ र १४ नम्बर वडामा किसानले लगायका बालिमा मध्यवर्ती क्षेत्रबाट आउने जङ्गली जनावरले रजाइ गर्दा बर्ष दिनलाई पुग्ने बालि नष्ट भएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने मध्यवर्ती क्षेत्रका किसानहरुले यस किसीमको समस्या बर्षेनी भोग्ने गरेका छन् । विषेश गरि बादर, बँदेल, दुम्शीलगायतको जङ्गली जनावरले भित्राउने बेला भएको अन्नबालि नष्ट गर्ने गरेको किसानको दुखेसो छ ।
हुलका हुल आउने बादरको बथानले मानिस र कुकुरलाई समेत टेर्न छोडेको छ । एक्लोदुक्लो मान्छे देख्दा फरक नपर्ने बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र नभएर मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने, भाँडाकुँडा लिएर हिंड्ने गरेको स्थानीय किसान कृष्ण प्रसाद बर्तौला बताउछन् । बादर दिनको समयमा आउने भएकोले गाउँका सबै मिलेर लखेटेपनि रातीमा आउने बँदेल नियन्त्रण गर्न सकस भएको उनले बताए । बत्ती बालेर, साउण्ड सिस्टम बजाएर छोड्दासमेत जनावर भाग्न छाडेको छैन ।
मध्यवर्ती क्षेत्रका किसानले यस किसिमका समस्या सदिऔं देखि भोगी रहदा समेत सरकार पक्षले भने खासै चासो नदेखाएको स्थानीय किसानको गुणासो छ । चकरी भोर्लेटाड़ी ,गोगनपानी ,मकरी क्षेत्रका अन्नबालीमा जनावरले बढी क्षति पुर्याएको स्थानीय किसान रामप्रसाद रिजालले बताए ।
बर्षेनी यस विषयमा स्थानीय सरकारलाई जानकारी गाराउदासमेत हालसम्म किसानको अन्नबाली जोगाउन कुनै कदम नचालेको रिजाल बताउँछन् । ‘चुनाब जित्ने बेला समस्या पर्ने बित्तिकै हामीलाई सम्झिनु भन्ने जनप्रतिनिधि अहिले जनताको समस्यालाई ब्यवास्था गरिरहेका छन्’,उनले भने ।
जंगली जनावरको आतङ्क नियन्त्रणमा स्थानीय सरकार र निकुञ्ज प्रशासन मुकदर्शक बन्दा किसानको वर्षभरिको मेहनत खेर गइरहेको छ । जङ्गली जनावरको आतङ्कका कारण यस क्षेत्रका कृषकहरुले बाली लगाउँनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।