आजबाट सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क

अखबार हब
२०८० भाद्र १, शुक्रबार ११:११

मकवानपुर । बागमती प्रदेशमा आजबाट प्रदेश मातहतमा रहेका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क हुने भएको छ ।

गत साउन २२ गते बसेको मन्त्रीस्तरको निणर्य अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शय्या नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने भएको हो ।

सो सेवा आज भदौ १ गतेबाट लागू हुने गरी प्रदेशका १३ वटै जिल्लामा रहेको प्रादेशिक अस्पतालमा क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूणर् सेवन निःशुल्क हुने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयले आजबाट लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा पनि निःशुल्क हुने जनाएको छ । मन्त्रालयले प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई पनि सामाजिक सेवा ईकाई स्थापना गरी विपन्न, असाहय विरामीहरुको उपचारको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*