यो संविधानको विकल्प खोजिनु हुँदैन् : अधिकारकर्मी पहाडी
मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले यो संविधानको विकल्प खोजिन नहुने बताएका छन् । संविधान दिवसको अवसरमा कुरा गर्दै उनले भने ‘संविधान बन्न सहज थिएन ।
संविधान बनिसकेपछि लागु गर्न झनै सहज थिएन । ६२ ६३ को आन्दोलनको गजमा यो संविधान बनेको हो यसमा दुईमत छैन् ।
उनले यो संविधान टिक्नुमा नागरिकको स्वामित्व रहेको आधार नै प्रमुख भएको टिप्पणी गरे ।
उनले भने ‘त्यसका ३ वटा घटक थिए । आम नागरिकको स्वामित्व सहभागिता छ त्यसैले यो सफल भयो । संविधान अनेकौं व्यवधान र विकृतिका बाबजुत पनि टिकेको कारण आम नागरिकको स्वामित्व भएको हुनाले त्यो अहिले सम्म टिकेको हो ।’
उनले संविधान संशोधनमा लचक हुनु पर्ने बताए । छुटेका विषयलाई समेट्न संविधान लचिलो हुनुपर्ने उनको भनाई छ ।
‘संविधान भनेको नदी जस्तो निरन्तर बगिरहने प्रकृया हो । यो अवरुद्ध हुनु भएन गतिशील हुनु पर्छ । भारतको संविधान १०० पटक भन्दाबढि संशोधन भईसकेको छ । भारतमा जतिसुकै आक्रोश बढेपनि सत्ताप्रति पोखिन्छ सडकमा तर नेपालमा फरक छ । ईतिहासबाट कसैले पाठ सिकेका छैनन् । संविधानको लागि फेरि विवाद बहस नहुने भन्ने हुनु हुँदैन् । यो लचिलो हुनुपर्छ ।
(अधिकारकर्मी पहाडिसंग गरिएको कुराकानी )