मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, १ अर्बभन्दा बढीको कारोबार
मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १३.१८ अङ्कले बढेर १८६४.६२ को बिन्दुमा कायम भएको हो ।
आज २८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ०.२७, निर्जीवन बीमा समूह ०.५३ र व्यापार समूह १.२५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक १.३० र बैंकिङ समूहको उपसूचक १.१० प्रतिशतले बढेको छ ।
आज एनआईबीएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य ८.५३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको ४ करोड ६२ लाख ६९ हजार २४८ बराबरको १ लाख ५९ हजार ५ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।