माओवादीकै नेतृत्वमा ब्यवस्था परिवर्तन भएको हो : मोक्तान

अखबार हब
२०८० कार्तिक १९, आईतवार १९:१८

मकवानपुर । माओवादी आन्दोलनसँगै लामो संघर्षबाट राज्य व्यवस्थामा परिवर्तन आएको नेकपा (माओवादी केन्द्र)की केन्द्रिय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले बताईन्।

आईतबार नेकपा (माओवादी केन्द्र) जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको थाहा नगरपालिका वडा नम्बर ५ को सम्मेलनलाई सम्बोधन गर्दै मोक्तानले परिवर्तन पश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि माओवादीदीको महत्त्वपूर्ण भुमिका हुने बताएका हुन् ।

बागमती प्रदेश सरकारको सामाजिक बिकास मन्त्री समेत रहेकी मोक्तानले जनभावना अनुसारको विकासका लागि गुरुयोजना सहितको योजना बनाउन आग्रह गरे ।
उनल् थाहानगरको विकासको लागि आफु प्रतिबद्ध रहेको बताएकी छिन् ।

यसैबिच सम्मेलनले थाहा नगरपालिका वडा नम्बर ५ मा निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ।

कमिटिको उपाध्यक्षहरुमा अजय गुरुङ, बिरमान थिङ र रहरबहादुर घलान, सचिवमा श्रीकृष्ण लामा, सहसचिवमा विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा चयन भएका छन् ।

माओवादी केन्द्र वडा न ५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा माओवादी केन्द्रका उपत्यका बिशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान अन्तरगत थाहानगर कमान्डर प्रकाश चन्द्र पाण्डेको बिशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै सम्मेलनमा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगर अध्यक्ष बिनोदकुमार लामा, अभियानका वडा नम्बर ५ का कमाण्डर अरुण रायमाझी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिंह दोङ लगायतका माओवादी नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*