बकैया १ मा रास्वपाको संगठन विस्तार
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी बकैया गाउँपालिका समितिले वडा नं १ मा संगठन विस्तार गरेको छ ।
शुक्रबार पार्टी बकैया गाउँपालिका सभापति अमर दङ्गालको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
बकैया गाउँपालिका वडा नम्बर १ मा भएको रास्वपा प्रथम वडाभेलाले क्षेत्र बहादुर मोक्तानको सभापतित्वमा ११ सदस्य समिति चयन गरेको छ ।
पार्टीका बागमती प्रदेश सदस्य सुनीता राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ सभापति टाकाराज थापा (सुरेश) बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा नगर सभापति धुर्वबहादुर बिष्ट, बकैया उपसभापति पार्वती तिमल्सिना, सचिव लक्ष्मी घिमिरे, बकैया संगठन विभाग प्रमुख राजुमान बिक लगायत स्थानीयको उपस्थिती रहेको थियो । बकैया गाउँपालिकाको वडास्तरमा गठन भएको यो तेश्रो वडा समिति हो ।