बालकुमारी घटनाको विरोधमा हेटौंडामा प्रर्दशन
मकवानपुर । बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको विरोध गर्दै हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रर्दशन गरेको छ ।
शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलीलागि एक युवको मृत्यु भएको थियो भने अर्का युवकको प्रहरीले हानेको बन्दुकको कुन्जाले छातिमा लागेर मृत्यु भएको थियो ।
सोहि घटनामा सरकारले बल प्रयोग गरेर बेरोजगार युवालाई मारेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आज दिउँसो हेटौंडामा विरोध प्रर्दशन गरेको हो ।
प्रर्दशनको क्रममा प्रर्दशनकारीले गठबन्धन सरकार चाहिदैन, जनता मार्न पाईदैन, निरंकुश सरकार चाहिदैन जनता मार्न पाइदैन जस्ता लेखिएको प्लेकार्ड बोकेर सरकारको विरोध जनाएका थिए ।