बालकुमारी घटनाको विरोधमा रास्वपा मकवानपुरको हस्ताक्षर संकलन

अखबार हब
२०८० पुष १५, आईतवार १३:५५

मकवानपुर । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हस्ताक्षर संकलन अभियान चलाएको छ ।

शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको थियो भने अर्का युवकको प्रहरीले हानेको बन्दुकको कुन्जाले छातिमा लागेर मृत्यु भएको थियो ।

बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका सुजन राउत र महेन्द्र शाह घटनाको विरोध गर्दै हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार दिउँसोबाट जिल्ला पार्टी कार्यालय परिषरमा हस्ताक्षर संकलन अभियानको सुरुवात गरेको हो ।

मृतक दुई युवाको न्यायमा समर्थन जनाउँदै सरकारलाई दवाव दिन साथै गृहमन्त्रीको राजिनामा माग गर्दै हस्ताक्षर संकलन गरिएको जिल्ला पार्टी साभापति भरत पराजुलीले बताए । सोमवार सम्म चल्ने अभियानमा हाल सम्म चार हजार हस्ताक्षर संकलन भइसकेको र तीस हजार हस्ताक्षर संकलन गर्ने उदेश्य रहेको पराजुलीले बताए ।

संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइने उनको भनाई छ । त्यसै गरि पार्टीले शनिबार सोहि घटनाको विरोधमा हेटौंडाको बुद्ध चोकमा विरोध र्याली निकालेको थियो ।
रास्वपा बागमती प्रदेश र्याट नेपालका संयोजक महेन्द्र श्रेष्ठले यो देशमा केही गर्छु भन्ने वातावरण नभए पछि बैदेशिक रोजगारमा जान बाध्य भएका अबोध युवामाथि सरकारले गोलि चलाएर मारेको आरोप लगाएका छन् ।

पिडितले न्यायोचित क्षेतीपूर्तिको मागसहित गठबन्धन सरकारलाई दवाव दिन पार्टीले हस्ताक्षर अभियानको चलायको श्रेष्ठले बताए । हस्ताक्षर अभियानमा पार्टीका केन्द्रीय सदस्य बिजय जैरु, बागमती प्रदेश प्रवत्ता उत्तषव अर्याल, प्रदेश सदस्य सुनिता राई लगायत जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*