परिचयको ऋण लगानी दश करोड २८ लाख
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दश करोड २८ लाख ऋण लगानी गरेको छ ।
सकारीले गत अर्थिक वर्षमा दश करोड २८ लाख ७१ हजार ८ सय रुयौँया कर्जा सापटी अर्थात ऋण लगानी गरेको हो । शनिवार साकोसको चौंधौं बार्षिक साधारण सभाको अवसरमा सो बारेमा जानकारी गराएको हो ।
संस्थाले गत आवमा चार सय ७४ शेयर सदस्य बाट तीन करोड २५ लाख ३० हजार एक सय रुपैँया शेयर पुजी संकलन गरेको व्यवस्थापक सुसान्त तिमल्सीना जानकारी दिए ।
साथै अघिल्लो आवमा सहकारीले ३३ लाख २४ हजार ३ सय खुद नाफा आर्जन गर्न सफल भएको लेखा समिति संयोजक विष्णुप्रसाद न्यौपानेले जनाएका छन् ।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा संस्थाका कर्मचारी, उत्कृष्ठ शेयर सदस्य, बचत कर्ता तथा असल ऋणीलाई नगदसहित सम्मान गरेको छ ।
सम्मान प्राप्त गर्नेहरुमा उत्कृष्ठ कर्मचारी अन्तर्गत दिपक अर्याल, उत्कृष्ठ परिचय बोनस बचत लखपति बचत कर्ता ज्ञानुमाया तामाङ, पुष्पराज गौतम र राजुकुमार बानिया रहेका छन् । त्यस्तै उत्कृष्ठ विशेष बाल बचत तर्फ श्रद्धा दहाल, उत्कृष्ठ परिचय व्याबसायिक बचत तर्फ कुशल पोख्रेल, अमोद बानिया र सुजित घिमिले रहेका छन् । भने उत्कृष्ठ परिचय आबधिक बचततर्फ प्रमिला दली र मातृका काफ्ले रहेका छन् ।
त्यसै गरि उत्कृष्ठ परिचय नारी बचत तर्फ मुणिमा खड्का तथा असल कारोबारी तर्फ बिष्णु पुडासैनी, ओमप्रकाश खतिवडा, निरज गुरुङ सम्मानित भएको व्यावस्थापक तिमल्सीनाले जानकारी दिए ।
संस्थाका अध्यक्ष दिपक तिमिल्सीनाको सभाध्यक्षतामा भएको साधारण सभामा हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानियाको प्रमुख आतिथ्यता रहेको थियो ।