रुद्रेश्वर मन्दिरको हिसाव सार्वजनिक नगरेको भन्दै महतले गरे वडाको ध्यानाकर्षण

अखबार हब
२०८० माघ १५, सोमबार २०:१६

मकवानपुर । हेटौंडामा रहेको रुदे्रश्वर मन्दिर क्षेत्र पर्यटन विकास समितिले आफ्नो खर्च र आम्दानीको विवरण सर्वजनिक नगरेको भन्दै एक युवकले वडाको ध्यानाकर्षण गराएका छन् ।

सोमवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ निवासी बिशालराज महतले करिब दश वर्ष अघि गठन भइ दार्ता गरिएको रुदे्रश्वर मन्दिर क्षेत्र पर्यटन विकास समितिले हाल सम्म पनि आफ्नो आम्दानी र खर्चको विवरण सार्वजनिक नगरेको भन्दै वडा अध्यक्ष शुशिल घिमिरे मार्फत समितिको ध्यानाकर्षण गराएका हुन् ।

दश वर्ष अघि तदर्थ समितिको रुपमा गठन भएको समितिले आज सम्म पनि सोहि समिति मार्फत बजेट खर्च गरेको, सदस्यता शुल्क संकलन गरेको भन्दै महतले आपत्ती जनाएका छन् ।

‘संस्थाको नाउँमा बजेट आउछँ कसरी संझौता हुन्छ । संस्था नविकरण छैन । आन्तरिक राजश्चमा फरफारक छैन । अनुगमन छैन । बडा कार्यालयको रोहबरमा उपभोक्ता समिति गठन हुने प्रावधान छ । कार्य सम्पन्न गर्दा कसरी फरफारक गर्ने गरेको छ । बजेट दिनेले संस्थाको प्रमाणपत्र आयव्यय साधारण सभा भएको माईन्युट नहेरी बजेट विनियोजन कसरी गरेको हो ? आम भेला गरेर कहिल्लै उपभोक्ता समिति बनेको हामीलाई थाहा छैन । यस क्षेत्रमा बिकास होस् भन्ने सबैको मनसाय हो तापनि एक व्यक्तिको अहमताले समाजमा असहजता पैदा गराएको छ । संस्थालाई नियमन गराउने निकाय स्थानिय तह भएपनि कुनै अनुगमन गरिएको छैन ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

संस्थाका अध्यक्ष राजिव सुवेदीले एकलौटी ढंगबाट अन्य सदस्य पदाधिकारी समेतको कुरा सुनुवाई नगरि विधान उलंघन गरि कार्य गरेको भन्दै हालको समिति बिघटन गरि वडाको संयोजनमा नयाँ ढंगबाट संस्था संचालन गराई संस्थामा भएको हिना मिना जाँच गरि आवश्यक कारवाही गर्नसमेत उनले माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*