उपाध्यक्षलाई अनियमितताको दोष लगाउदै पाडी काण्डबाट पन्छिदै अध्यक्ष कालाखेती (भिडियोसहित)

राममणि न्यौपाने
२०८० फाल्गुन ८, मंगलवार १९:५२

मकवानपुर । मनहरी गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीले पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्षलाई लगाएका छन् ।

गत आवको अन्तिममा अध्यक्ष कालाखेतीले पालिकामा रहेका विपन्न,अल्पसंख्य तथा सहिद परिवारको आर्थिक उपार्जनका लागि भन्दै गरेको पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्ष सिता पुलामी मगरलाई लगाउँदै आफु पन्छिन खोजेका हुन् ।

सोमबार मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित एक सार्वजनिक कार्याक्रममा प्रमुख बक्ता बनेर बोल्ने क्रममा अध्यक्ष कालाखेतीले पाडी वितरणमा अनियमितता भएको स्विकार गर्दै अनुगमनको जिम्मा पाएको उपाध्यक्षले ध्यान नदिदा समस्या आएको उनको भनाई छ ।

कार्यक्रममा उनले भनेका थिए –‘समचार आए सँगै वडामा हेरेँ सानो सानो पाडी उपाध्यक्ष ज्युले बाडिरहनु भएको रैछ, मुल्य हेर्दा २३ हजार ५ सय रैछ घरमा नि सोधेँ, अन्त पनि बुझेँ, यो २३ हजार पर्ने पाडी होइन, त्याँहा अनियमितता भएको हो । तर मैले बाड्ने जिम्मा पाएका दुई जना व्यापारीलाई पनि बोलाएँ र सोधेँ तपाईहरुले यस्तो सानो पाडी किन ल्याउनु भयो ? २३ हजार ५ सय नपर्ने रैछ । भन्दा व्यापारीले गल्ती स्विकार गर्दै सानो पाडी साट्ने बताए ।’

त्यसैगरि उनले आफ्नै नेतृत्वमा वडामा अनुगमन गर्दा जम्मा ६ वटा पाडीमात्र सानो देखिएकाले थप पाडी वितरण गरेको बताए ।

साथै उनले आफू पानी माथिको ओभानो बन्न वितरण प्रक्रियामा संलग्न रहेका तत्कालिन पशु प्राविधिकलाई जागिरबाट समेत हटाएका थिए । तत्कालिन पशु प्राविधिक सरोज ओझालाई बुवाको फर्मबाट पाडी वितरण गरेको आरोप लगाउँदै जागिरबाट निकालेका हुन् ।

तर, ओझाले भने सम्बन्ध नै नभएको कुरामा आफुलाई मुछिएको बताए । ‘त्यो कृषि शाखाबाट भएको काम हो, म पशु शाखाको कर्मचारी मेरो काम पशु स्वस्थ छ की छैन भनेर चेक जाचँ गर्ने हो, म सँग सम्बन्धित नै नभएको कुरामा मलाई मुछियो ।’ उनले भने ।

बुवाले गरिरहेको कामको विषयलाई लिएर पालिकाले अनावश्यक दवाव दिएसँगै कामबाट राजिनामा दिएको उनले बताए ।

गत आवमा पालिकाले वितरण गरको १ सय ८ ओटा पाडी खरिदका लागी पटक पटक गरी ३० लाख ७४ हजार ५ सय बजेट विनियोजग गरीएको थियो । पालिकाको गत असार ८ गतेको निर्णयले विपन्न परिवारलाई भन्दै ८३ वटा पाडी वितरण गर्ने निर्णय गरको थियो । जस अन्तर्गत वडा नम्बर १ र ४ का ८३ घर परिवारलाई पाडी वितरणका लागी भन्दै रकम अनियमितता गर्ने मनासाय राखी एकै प्रकृतिका २ वटा कोटेसन समेत आह्वान गरीएकोे खुलेको छ । जसअन्तर्गत सोही अर्थीक बर्षमा १९ लाख ५० हजार ५ सय बजेट गाउँपालिकाले पारीत गरी पाडी खरिद प्रकृया अगाडी बढाएको थियो ।

सोही अन्तर्गत पालिकाको वडा नम्बर ९ स्थित ज्यामीरेको विमला कृषि केन्द्र प्राली सँग ९ लाख ६३ हजार ५ सयमा ४१ वटा र चितवन को राप्ती नगरपालिका २ स्थित गड्यौलीको हरी ओम एग्रो पोल्ट्री प्राईभेट लिमीटेडसँग ९ लाख ८७ हजारमा ४२ गरी ८३ वटा पाडी खरिद गर्ने जिम्मा पाएको थियो ।

उक्त रकमलाई आधार मान्दा पालिकाले खरिद गरेको एक वटा पाडीको मुल्य २३ हजार ५ सय पर्न आउछ । गाउँपालिकाले अनुदान स्वरुप वितरण गरको उक्त पाडी प्रति कृषहरु नै असुन्तुष्ट देखीएका थिए ।
त्यस्तै गत ज्येठ १७ गते पालिका क्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख जातीको रुपमा रहेका बनकरीया समुदायको आयआर्जन तथा जिविकोपार्जनमा सहयोग गर्ने उद्येश्यले वडा नम्बर ४ मा बसोबास गर्ने १० वनकारीया परिवार लाई समेत पाडी वितरण गर्ने निर्णय गरेको थियो तर सो शिर्षकमा कति बजेट विनियोजन गरेको हो भन्ने जानकारी हालसम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन ।

त्यसैगरी गत असार २१ गतेको पालिकाको निर्णयले पालिका भित्रका सहिद परिवार सम्मान कार्यक्रम र द्धन्द पिडीत सम्बद्ध कार्यक्रममा ५ लाख ७४ हजार बजेट विनियोजन गरेको थियो । उक्त शिर्षक अन्तर्गत १५ वटा पाडी खरिद गरीएको र खरिदमा प्रति पाडी २७ हजार रुपैँया खर्च गरीएको देखिन्छ ।

अध्यक्ष कालाखेतीकै भनाइलाई आधारमान्ने हो भने पनि उल्लेखीत शिर्षकमा गाउँपालिकाले विनाअनुगमन विल पास गरेको पुष्टि हुन्छ ।

यता गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरले भने अध्यक्षले नियतबस आरोप नलगाएको बताए । ‘अध्यक्ष ज्युले नियतबस त्यस्तो भन्नु भएको हैन, बोल्दा शब्द चयन नमिलेको हो, अनुगमनमा जाने काम मेरै हो ।’ उनले भने ।

अनुगमणको क्रममा वडा नम्बर १ मा मात्र सानो पाडी भेटिएको स्विकार गर्दै अन्य वडामा भने ठिक रहेको दावी गरे ।

भिडियो

यो पनि…

दुधेपाडी वितरण गर्दै मनहरीमा लाखौँ रकम अनियमीतता
https://www.akhabarhub.com/2023/09/26768/

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*