एमाले थाहानगरपालिका अध्यक्षमा प्रधान
मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी एमाले थाहा नगरपालिका अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन भएका छन् । एमालेको थाहा नगरपालिकाको तेश्रो अधिवेशनले अध्यक्षमा प्रधानलाई अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्ष्यमा हेम कुमार थिंङ, सचिबमा सुजन रायमाज़ी, उपसचिबमा तुलसा बिष्ट, उपसचिबमा सूर्यबहादुर दोङ लगायतका चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, एमाले मकवानपुरका इन्चार्ज देवि ज्ञवाली, एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठ, एमाले नेताहरु बलराम बल, नवराज तिमल्सीना, एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल लगायतकाको उपस्थितीमा नयाँ समिति चयन गरिएको हो ।