हेटौंडा अस्पतालमा नयाँ मेसु
मकवानपुर । हेटौंडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् ।
अर्याल दशौं तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुन् । उनी भक्तपुर अस्पतालबाट सरुवा भई हेटौंडा आएका हुन् । डा. अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट नै थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले अर्याललाई चैत १ गतदेखि लागू हुने गरी हेटौंडा अस्पतालमा सरुवा गरेको हो । अर्यालले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।
यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाको काज भने संघमै फिर्ता भएको छ ।