शेयर सदस्यलाई हेटौंडा बचतको सहकारी शिक्षा शिविर

अखबार हब
२०८० चैत्र १९, सोमबार २१:५२

मकवानपुर । हेटौंडा ८ कमानेमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले  आफ्ना शेयर सदस्यका लागी सहकारी शिक्षा शिविरको आयोजना गरेको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार आफ्ना शेयर सदस्यलाई हेटौंडा बचतले सहकारी शिक्षा सम्बन्धि शिविरको आयोजना गरेको हो ।

हेटौंडा १६ चिसापानमा भएको शिविरमा एकसय जना शेयर सदस्यहरूलाई सहकारी शिक्षाको बारेमा जानकारी दिएको हो ।

त्यस्तै सहकारीले प्रकाशित गरेको २०८१ सालको भित्तेपात्रोको सार्वजनिक गरेको छ ।

शिविरमा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको सभाध्यक्षता तथा १६ नम्बर का वडा अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बिजय बहादुर बस्नेत , ब्यवस्थापक रामशरण गौतम, कोषाध्यक्ष तथा शिक्षा समिति संयोजक पार्वती भट्टको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*