एमाले मकवानपुरको अधिवेशन जेठ तेस्रो साता
मकवानपुर । नेकपा (एमाले) मकवानपुरको जिल्ला अधिवेशन जेठ तेश्रो साता हुने भएको छ ।
मंगलबार बसेको एमाले जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो ।
बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा रुपानतरण गर्ने निर्णय भएको सचिव नवीन सिग्देलले जानकारी दिए ।
बैठकले अधिवेशको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।