प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसनको उद्घाटन

अखबार हब
२०८१ असार १, शुक्रबार २०:४३

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा नवनिर्मित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार हेटौंडामा निर्मित ४००/२२०/१३२/११ केभी सबस्टेसनको उद्घाटन गरेका हुन् ।

हेटौंडा सबस्टेसनका प्रमुख शुक्रराज देवकोटाले देशकै तेस्रो ठूलो उक्त सबस्टेसनको निर्माण सम्पन्न भएसँगै चार्जिङ गर्ने काम समेत भइसकेको जानकारी दिए । यसले पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत् वितरण प्रणालीको गुणस्तरमा सुधार आउने उनको दाबी छ । उक्त सबस्टेसनले हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने आयोजना प्रमुख देवकोटाको भनाइ छ ।

हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म २८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए । ढल्केबर–इनरुवा १५४ किलोमिटरको प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ । हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनको निर्माण कार्य पनि पूरा भइसकेको प्रमुख देवकोटाले वताए ।

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौडा –११ थानाभर्याङमा ४०० केभी हेटौडा सबस्टेसन निर्माण कार्य केही समय अघि सकिएको हो । ग्याँस इन्सुलेटेड प्रणाली जीआईएस प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटाौडा सबस्टेसन निर्माण सम्पन्न गरी एक साता अघि सञ्चालनमा ल्याइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*