२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

अखबार हब
२०८१ असार ४, सोमबार २२:११

हेटौंडा । हत्या अभियोगमा १६ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २० वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार इन्द्रसरोवर गाउँपालिका १ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइवालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

२०६१ जेठ ३ गते तरकारी व्यापारको निम्ती मार्खु आएका काठमाडौंका ४२ वर्षीय केदारप्रसाद पराजुलीको साथमा रहेको ५० हजार रुपैयाँ लुटे भीरबाट लडाएर वाइवाले हत्या गरेका थिए ।

फरार प्रतिवादी वाइवालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७० सालमा १६ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । पराजुलीको हत्या पश्चात फरार भएका वाइवा केही समयदेखि घरमा नै बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*