मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

अखबार हब
२०८१ असार ७, बिहीबार २०:२५

मकवानपुर । प्रथम मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिरताको खेत तालिका सार्वजनिक गरिएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा भोलि बाट सुरु हुने प्रतियोगिताको तालिका सार्वजनिक गरिएको हो ।

मोर्डन युथ क्लबले आयोजना गर्न लागेको प्रथम मनहरी गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा आयोजक टीम मोर्डन युथ क्लब ए र मनहरी ९ बिच हुने छ भने भोलीनै हुने दोश्रोखेलमा यूनिक युवा क्लब मनहरी ३ र मनहरी ४ बिच हुने खेल संयोजक रामकुमार उप्रेतीले बताए ।

त्यसैगरि शनिवार हुने पहिलो खेलमा युवा जागृति क्लब मनहरी ६ र मनहरी ७ बिच हुने छ भने सोहिदिन हुने दोश्रो खेलमा मोर्डन युथ क्लब बी र जनशिद्ध युवा क्लब मनहरी ३ बिच हुने संयोजक उप्रेतीले बताए ।

प्रतियोगिताको सेमिफाइनल पहिलो खेल आईतबार १ : ३० बजे र दोश्रो खेल ३: ३० बजे हुने छ भने प्रतियोगिताको फाइनल खेल समूह बिजेता बिच सोमबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता मनहरी ३ स्थित शिद्धकाली चौरमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिजेताले नगद दश हजारसहित सील्ड ,मेडल ,प्रमाण पत्र साथै उपविजेताले ५ हजार रुपैयाँ सहित शील्ड, मेडल प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*