मनहरी पालिका  स्तरिय क्रिकेट प्रतियोगिता : मनहरी ६ र मोर्डन युथ क्लवको जीत

अखबार हब
२०८१ असार ९, शनिबार २२:२५

मकवानपुर । मोर्डन युथ क्लवले आयोजना गरेको  मनहरी गाउँपालिका  स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मनहरी ६ र दोस्रो खेलमा मोर्डन युथ क्लवले जीत हात पारेको छ ।

जनसिद्द युवा क्लवको होम ग्राउण्डमा भएको पहिलो खेलमा मनहरी ६ ले ७ विकेट क्षेतीमा ११८ रन को लक्ष दिएको थियो । मनहरी ७ ले लक्ष्य पछाउदै ६२ रन बनाएको छ । ५५ रहले मनहरी ७ लाई पछि पार्दै मनहरी ६ बिजय भएको हो । साथै दोस्रो खेल मोर्डन युथ क्लब (बी) मनहरी १ मकरी र मनहरी ३ जनसिद्ध युवा क्लब बीच भएको थियो । जस्मा मोर्डन युथ क्लबले जीत हात पारेको छ ।

पहिलो खेलको म्यान अफ दी म्याच किसान भएका छन् । मनहरी ६ बाट सर्वाधिक स्कोर  उत्तम श्रेस्ठले ४७ रन  बनाएका थिए । किशानले ब्याटिंग बाट नटआउट रन ३१ बलिंग बाट २ विकेट लिन सफल भएका थिए।

त्यसैगरि दोस्रो खेलको म्यान अफ दी म्याच मोर्डन युथ क्लब (बी)का बसन्त तिमल्सिना भएका छन । तिमल्सिनाले ह्याट्रिक सहित ४ विकेट लिएका थिए । क्लवका अर्का बलर क्रिस रिजालले ४ विकेट लिएका थिए। मोर्डन युथ क्लब बाट सर्वाधिक स्कोर प्रहार गर्ने विषेश  बिक्रम थापाले २७ रन प्रहार गरेका थिए ।

मोर्डन युथ क्लब  मनहरी १ मकरिले  आयोजना गरेको पालिका स्तरिय क्रिकेट प्रतियोगिताको सेमि फाइनलखेल भोली  मोर्डन युथ क्लब (बी ) मनहरी १ र मनहरी ४ बीच १:३० बजे हुने आयोजकले बताएको छ । भोली नै हुने दोश्रो सेमीफाईनल खेल दिनको ३:३० बजे मनहरी ६ र मनहरी ९ रजैया खेल्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*