मोर्डन युथ र मनहरी ६ पालिका स्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा

अखबार हब
२०८१ असार १०, आईतवार २२:०१

हेटौंडा ।  मोर्डन युथ क्लब मनहरी १ र मनहरी ६ मोर्डन युथ क्लवले आयोजना गरेको मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दुई सेमिफाइनल खेलमा मोर्डन युथ क्लव मनहरी १ ले मनहरी ४ लाई र मनहरी ६  ले मनहरी ९ रजैयालेलाई पराजीत गर्दै फाइनल भेट पक्का गरेको हो ।

खेलमा मनहरी ४ लाई ५४ रनले पराजित गर्दै मोर्डन युथ क्लव फाइनलमा प्रवेश गरेको हो ।

आजै भएको दोस्रो सेमीफाइनल खेलमा मनहरी ९ लाई मनहरी ६ ले २६ रहले पराजित गर्दै  फाइनलमा स्थान सुरक्षित गरेको हो।

त्यसैगरि पहिलो खेलको म्यान अफ दी म्याच मोर्डन युथ क्लब का विषेश बिक्रम थापा भएका छन् । बसन्त तिमल्सिनाले २ विकेट लिएका थिए । क्लवका अर्का बलर क्रिस रिजालले १ विकेट लिएका थिए। मोर्डन युथ क्लब बाट सर्वाधिक स्कोर प्रहार गर्ने विषेश बिक्रम थापाले ७५ रन प्रहार गरेका थिए ।

दोस्रो खेलको म्यानअफ दी म्याच प्रेसर श्रेस्ठ भएका छन भने ,सर्बाधिक स्कोर मनहरी ६ बाट कुसल श्रेस्ठले ३३ रन आफ्नो तिमलाई दिलाएका थिए। प्रतियोगिताको फाइनल खेल भोली मोर्डन युथ क्लब मनहरी १ र मनहरी ६ बीच दिनको ३:०० बजे जनशिद्ध युवा क्लबको चौरमा हुने आयोजक टिमका संयोजक रामकुमार उप्रेतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*