हरियाली प्रवर्द्धनमा हेटौंडा अगाडि छ : मन्त्री श्रेष्ठ

अखबार हब
२०८१ असार २२, शुक्रबार १६:३६

हेटौंडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले हेटौंडा हरियाली प्रवर्द्धनमा सधै अगाडि रहेको बताउनुभयो ।

शुक्रबार हेटौंडा ८ स्थित विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण क्षेत्रमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मन्त्री श्रेष्ठले ग्रीन सिटिको रुपमा हेटौंडा सधैं अगाडि रहेको बताउनुभयो । यस्तै सार्वजनिक जग्गाहरुलाई संरक्षण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रोपिएका विरुवाहरुको हेरचाह र संरक्षणमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले हेटौंडा कर्राखोलालाई व्यवस्थित बनाउन हेटौंडा-९ त्रीवेणीधाम देखि हेटौंडा-१८ सम्म कर्राकरिडोर निर्माणका लागि वजेट विनियोजन गरिएको बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले वृक्षारोपणको औचित्यता र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावको वारेमा चर्चा गर्नुभयो ।

यसैगरी विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण समितिका अध्यक्ष रमेश पौडेलले मातपोतमा ‘मसान’ नाममा दर्ता कायम रहेको २ कठ्ठा ४ धुरसहित करीव १० कठ्ठा क्षेत्रफल एलानी रहेको जग्गालाई संरक्षण गर्दै स्थानीयको सक्रियतामा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताउनुभयो । साथै उक्त क्षेत्रको भोगाधिकार समितिलाई उपलब्ध गराइदिन प्रमुख जिल्ला अधिकारी चिलुवाल र मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभयो ।

मन्दिर तथा पार्क क्षेत्रमा रुद्राक्ष, सतिसाल, एभोकाडो, अम्बा, आँप, अमला, कलकी र सौन्दर्यकरण जातका बिरुवा गरि करीब ८५ वटा बिरुवा रोपिएको छ ।

वृक्षरोपणका लागि विरुवाहरु डिभिजन वन कार्यालय हेटौंडा र वनस्पति अनुसन्धान केन्द्रबाट उपलब्ध गराईएको डिभिजन वन कार्यालय हेटौंडाका रेन्जर वसन्त राज गौतमले जानकारी दिनुभयो । कार्यक्रममा कर्मचारी मिलनकेन्द्रमा आवद्ध कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*