बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

अखबार हब
२०८१ श्रावण २८, सोमबार १८:४१

हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ ।

आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

सुदूरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषद्को बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि उनले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिएका थिए ।

लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल गरेका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुगेका थिए ।

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए ।

सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*