मकवानपुरमा ४८ जना स्क्रब टाइफसका बिरामी

अखबार हब
२०८१ भाद्र ८, शनिबार ०९:०२

हेटौँडा । मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन एकदेखि भदौ ६ गतेसम्म जिल्लामा ४८ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।

महिला २८ र पुरुष २० जनामा स्क्रब टाइफस देखिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । स्क्रब टाइफसको सङ्क्रमण महिलाहरूमा बढी देखिएको छ । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा सेउला सोत्तर गर्ने हुँदा बढी जोखिममा रहेकाले सरसफाइमा विशेष ध्यान दिन सूचना अधिकारी घिमिरेले अनुरोध गरे । गत वर्षहरूमा पनि स्क्रब टाइफस देखिएपनि तथ्याङ्क भने सार्वजनिक भएको थिएन ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*