यस्तो छ, हस्तकलाग्राम स्थापना सम्बन्धी बिधेयकमा सांसदहरुलाई सरोकारवालाहरुको सुझाब
हेटौंडा । हस्तकलाग्राम स्थापना समवन्धी बिधेयकमा सांसदहरुलाई सरोकारवालाहरुलाई आज बिभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुले सुझाब दिएका छन् । प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्वन्धमा व्यावस्था गर्न बनेको बिधेयकका विषयमा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिका सभापति र सांसदलाई सरोकारवाहरुले उद्यमीहरुका बिषयलाई समेट्नका लागि सुझाब दिएका हुन् ।
जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्वन्धमा व्यावस्था गर्न बनेको बिधेयकका विषयमा प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिका सभापति, सांसद र सरोकारवाहरुका बिचमा अन्तरक्रिया कार्यक्रमका अवसरमा यहाँका उद्योगि, व्यावसायी, मानबधिकारर्की, हस्तकला व्यावसायी, घरेलु तथा साना उद्योगामा आवद्ध व्यावसायी तथा मजदुर, सहकारीका सञ्चालक, लुघु उद्यममीहरु, मकवानपुर उद्योग बाणिज्यसंघका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि लगायतकाले आफ्ना सुझाबहरु दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले यस विधेयकलाई व्यवस्थित बनाएर संसदमा पेश गर्ने बताउनुभयो । सरकारले आफ्नो अनुकुलतामा विधेयक ल्याउँछ, तर त्यसको प्रभावकारीतामा पनि ख्याल गरिनु पर्ने उहाँले बताउनुभयो । जनताको बिचार, भावनालाई समेट्न सकेमा मात्रै विधेयक÷ ऐनको प्रभावकारीता झल्किने बताउँदै उहाँले भन्नुभयो–‘यो सवालमा हामी सचेत छौ । अन्तराष्ट्रिय सन्धि सम्झौतालाई जोडेर मात्रै विधेयक वा ऐनको मक्सत पुरा हुँदैन । पैसाको कारोवारजस्तै हामीले बनाएका ऐन कानूनको पनि अडिट हुनुपर्छ । कानूनको अडिट गर्ने सरोकारवालाहरुले हो । यस्ता छलफलले कानूनको मुल्य आवश्यकता र प्रभावकारीताको अडिट गर्छ ।’
उहाँले भन्नुभयो–‘संघीय सरकारले हस्तकला ग्राम चिन्दैन, त्यहाँ औद्योगिक कानुन छ । ऐन छ । प्रदेश सरकारले ल्याएको हस्तकला ग्रामको सवाल केन्द्रीय सरकारलाई कसरी चिनाउने भन्नेमा हाम्रो लभिङ हुनेछ । उद्योगको कुरा, वाणिज्यको कुरा सर्वसाधारण तथा साना साना उद्योमीहरुको समेत सम्बोधन हुनु पर्छ भन्नेमा हामी सकारात्मक छौं ।’ साना साना उद्यमीहरुलाई झण्झट नहोस्, भनेर हस्तकला ग्रामको विधेयक ल्याइएको उहाँले बताउनुभयो । यो औद्योगिक ग्राम जस्तो नभएको पनि बताउनुभयो । सरकारले सबै गर्छ भनेर बसेर हुदैन, सरोकारवालाहरुले निरन्तर झकझक्याउनु पर्ने बताउँदै उहाँले हस्तकला ग्राम विधेयक तथा ऐनबाटै स्थानीय तहलाई जिम्मेवार बनाउन आफुहरु लाग्ने बताउनुभयो ।
बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य भारती पाठकले विधेयकमाथि छलफल गर्न कै लागि सरोकारवालहरुसंगको अन्तरक्रियाको आवश्यकता महासुस भइरहेको समयमा यस कार्यक्रम अति प्रभावकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले चाहेकै सवालमा चाहेकै समयमा कार्यक्रम भएको छ ।
विधेयकबारे समितिमा छलफल चलिरहेकै बेला सरोकारवालाहरुको सुझाव आएको छ, कार्यान्वयनमा लैजान पनि सजिलो भयो । हस्तकलाग्रामको सवालमा मात्रै हैन सरकार र जनताबीचको सहकार्य सबै सवालमा हुनु जरुरी छ ।’ नेपाली कालाको प्रचार प्रसार पहिचानको सवाललाई सम्बोधन गर्न यो विधेयक अत्यन्तै आवश्यक रहेको उहाँले बताउनुभयो । साना–साना उद्यमीहरुलाई कसरी प्राथमिकता दिने भन्ने सवाल हाम्रो समितिमा पनि प्राथमिकतामै रहेको बताउनुभयो ।
साना उद्यमको संरक्षणमा सरकार सचेत बन्नुपर्ने बताउनुभयो । त्यसमा आफुहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘साना उद्यमलाई प्रमोट गर्नुपर्छ । सानालाई कानूनी अड्चन हैन विभिन्न छुट सुविधा दिनुपर्छभन्ने हाम्रो बुझाइ छ । हस्तकलाको समाग्रीहरु जति हेर्नमा आकर्षक छन् यिनिहरुको यति नै बहुमुल्य पनि छन् । कच्चा पदार्थको उत्पादन तथा भण्डारणमा पनि ध्यान दिनु जरुरी छ ।’
बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य ठुला थामीले प्राचिन कालमा अरनिकोको कलाले चिनाएको हाम्रो देशमा बल्ल हस्तकलाको कुरा हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभाये–‘यो दुखद हो, तर अब विधेयक आएको छ । हामीले भरसक यसलाई उत्कृष्ट बनाउनु पर्छ । हस्तकला नेपालको परिचय बनाउनु पर्छ । विगतमा यो विषयमा ख्याल गरिएन होला, अब ध्यान पुगेको बेला विशेष चासो सबैले राख्नुृपर्छ । संभावनाको खोजि र प्रचारमा सबै लाग्नु जरुरी छ । सरकार खोज तथा संरक्षणमा सहकार्य गर्न तयार छ ।’
बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य बालकुमारी विश्वकर्माले हस्तकलाको प्रवद्र्धन र बजारीकरण नभएको कारण यसको मान र सम्मान पनि नभएको बताउनुभयो । घरैमा बसेर महिलाहरुको सिपले सजाइएका सामग्रीलाई उद्यमको रुपमा मान्यता दिएर उनीहरुको क्षमताको सम्मान गर्न सकिन्छ भनेर लागि परेको बताउनुभयो । यस विधेयक आउनु मात्रै ठुलो कुरा हैन, कार्यान्वयनको पाटो चाही मुख्य रहेको उहाँले बताउनुभयो । यस विषयमा सरोकारवाला सबैले कार्यान्वयनको बेलामा पनि होस्टेमा हैंसे गर्न आग्रह गर्नुभयो ।
बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य भुवन केशरी श्रेष्ठले बालबालिकादेखि बृद्धवृद्धासम्म हस्तकलाको सिप कुनै न कुनै रुपमा जोडिएको बताउनुभयो । । उहाँले भन्नुभयो–‘यसलाई दीगो र आम्दानीसग समेत जोड्न जरुरी रहेकोले हामीले बिधेयक ल्याएका हौं । अन्तरक्रियाले हामीलाई धेरै सुझाव ग्रहण गर्ने मौका दिएको छ । हामी यि सुझावलाई समितिमा राखेर पुन यसलाई अझै परिष्कृत गर्नमा पहल गर्ने छौ ।’
बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य रुकु चौलागाँइले यो विधेयकलाई सबै मिलेर अझै प्रभाकारी बनाउनुर्ने बताउनुभयो । उहाँले भन्नुभयो–जब कि अब बन्ने ऐनमा कुनै पनि कुरा छुटेछ भन्न नपरोस् । ऐनलाइ प्रभावकारी बनाउन जनस्तरको सुझाव टिप्पणीहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । घरमा फुर्सदको बेला प्रयोग गरिने सिप÷कलालाई उद्यमको रुपमा विकास र मन्यता दिन सकियो भने यसले अर्थतन्त्रमा समेत योगदान गर्न सक्छ ।’ यस्ता सिपलाई उद्यमको रुपमा विकास गर्न के चुनौती छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर नै हामीले यो विधेयक ल्याएको बताउनुभयो । बढीभन्दाबढी सुझाव लिएर, ति सुझावबाट विधेयकलाई अझै परिपक्व बनाएर हामी अघि बढ्न सकियो ऐन पनि बलियो बन्ने बताउनुभयो ।
बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य धनेश्वरी प्रजापतिले हस्तकलाको उत्पादन सरकारी पदमा रहेकाहरुको लागि अनिवार्य गरियो भने, त्यो कार्यान्वयन गर्न आफु तयार रहेको बताउनुभयो । महिलाले बनाउने धुप बत्ति, टपरी जस्ता सिपपलाई उद्योगहरुको रुपमा मान्यता दिने र आयसंग जोड्न सकियो भने सिपको संरक्षणमात्रै हैन पहिचान समेत बनाउन सकिन्ने बताउनुभयो । यस्ता हस्तकलाको प्रचार प्रसार पनि अनिवार्य रहेको बताउनुभयो । कतिपय सिप र कलाहरु प्रचारको अभावले गुमनाम रहेको बताउनुभयो ।
बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिका सभापति र सांसदलाई सरोकारवाहरुको यस्तो छ सुझाब
अनिल अग्रवाल, मकवानपुर उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष बागमती प्रदेश सरकारले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० मा प्रदेशको राजधानी रहेको मकवानपुरको मकवानपुर उद्योग वाणिज्य संघलाई पनि प्रतिनिधिको रुपमा स्थान दिनुपर्छ । निजीक्षेत्रलाई प्रमोट गर्नको लागि विशेष व्यवस्था हुनु पर्छ । उद्योग स्थापनाको पहिलो ५ वर्ष जग्गाभाडा, कर लगायतको सबै छुट सुविधा हुनुपर्छ । जग्गा लिएर २ वर्षसम्म उद्योग सञ्चालन नगरेमा त्यो स्वतः खारेज हुने व्यवस्था हुनुपर्छ । जग्गा कब्जा गर्ने उद्योग सुरु\ सञ्चालन नगर्नेलाई हतोत्साही गर्नुपर्छ । हस्तकलाबारे सार्वजनिक स्थानमा प्रचार प्रसार गर्नुपर्छ । प्रदर्शनीमा राखिनु पर्छ ।
रमिला सापकोटा, अध्यक्ष गैरसरकारी संस्था महासघ मकवानपुर
स्रोत साधनको पहचिानको पाटोलाई विधेयकले बोलेकै छैन, यसको व्यवस्था कहा“ कसले कसरी गर्ने हो रु संघीयताको कार्यान्वयनको क्रममा छौ, यो विधेयकले स्थानीय सरकारलाई बलियो जिम्मेवार निकाय बनाउनु पर्छ । कलको संरक्षणको जिम्मेवारी स्थानीय सरकारको हो । स्थानीय सरकारले जिम्मेवारी र अपनत्व लिनु पर्छ । स्थानीय गैरसरकारी निकायलाई पनि संगसंगै लैजानु पर्छ, गैससहरुलाई जिम्मेवारी र भूमिका दिनु पर्छ ।
गिता मैनाली, घरेलु तथा साना उद्योग महिला समिति सभापती
उत्पादनको बजारीकरण सबैभन्दा ठुलो समस्या हो । बनाएर मात्रै के गर्ने बजार छैन, विक्रि छैन । कर मात्रै तिर्नको लागि किन उद्योग दर्ता गर्नु, सिप भएर के गर्नु ? स्थानीय स्रोत साधनबाट बनेका हस्तकलालाई कसरी बजारसम्म पु¥याउने, कसरी बिकाउने भन्ने नीति नै नभइ कसरी साना साना हस्तकलाहरु बजार हुन्छ, कसरी विकास हुन्छ ?
कुमारी वाइबा, कार्यक्रम संयोजक हिराइट्स मकवानपुर
सञ्चालन समितिमा महिला विज्ञ अनिवार्य हुनुपर्छ, महिलाको सहभागीतालाई प्राथमिकता दिनुपर्छ । सलोडोलो सहभागीता भन्दा महिला छुट्ने संभावना हुन्छ, प्रत्यस उपसमितिमा महिलाको प्रतिनिधित्व विधेयकमा सुनिस्चित गरिनुपर्छ । सम्बन्धित हस्तकलाको सिपको विज्ञ महिला भनेर ऐनमै तोक्न सकियो भने, महिलाको उपस्थिती अनिवार्य हुन्छ । महिलाको उपस्थितीले महिलाको हस्तकला र सिपलाई प्राथमिकता दिने आशा र विश्वास गर्न सकिन्छ ।
गणेश हरि उप्रेति, अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ मकवानपुर
हस्तकलालाई उद्यमको रुपमा पितृत्व हस्तान्तरण भएन । बुबाको हस्तकला छोराहरुले मन पराउँदैनन् किनभने यसका आयको सुनिश्चितता भएन । हस्तकलाको पुस्तान्तरण भएन, किनभने यसमा आकर्षण भएन, आकर्षण किन भएन भने यो सरकारको प्राथमिकतामा परेन, यसको बजार भएन । करमा छुट दिने, हस्तकलाको बजार बलियो हुने, विदेश पैठारीमा समेत सरकारले सहजिकरण गरिदिने भयो भने हस्तकलामा राम्रो भविष्य छ । हस्तकलाले देश र स्थानको पहिचान बनाउन सक्छ । बागमतीको १३ जिल्लामा १३ प्रकारको विषेश हस्तकलाको पहिचान बनाउन सकियो भने यो यसले राम्रो मार्केट लिने छ । तेस्रो मुलुकमा पैठारीको लागि सरकारले सहजिकरण गरिदिनु पर्छ ।
रमेश राज बज्रचार्य : हस्तकला महासंघ मकवानपुरका अध्यक्ष
हाम्रो महासंघले र हामिले समेत लिखीत रुपमा र अहिले मौखिक रुपमा सांसदहरुलाई दिएका सुझाबहरुलाई सांसदहरुले कानूनमा उल्लेख गर्नुहोस । महाँसंघले दिएका सात वटा सुझाबहरु महस्तकला उद्योगि, व्यावसायीहरुको हितमा भएकाले त्यसमा कानूनका रुपमा संसदमा लैजानका लागि हाम्रो सुझब छ । हस्तकला उद्योगिको बजारका समस्या, उत्पादन लागत धेरै लाग्ने समस्यामा कानूनमा सहुलियतका विषय समेटन जरुरी रहेको छ ।
ज्ञानभक्त लामा, हस्तकला महासंघ मकवानपुरका निबर्तमान अध्यक्ष तथा थान्का व्यवसायी उद्योगको रुपमा विकास गर्नै समस्या छ, कामको प्रकृति फरक छ, सजिलो छैन, बनेको हस्तकला महङ्गो छ, महङ्गो भएको कारण विक्रि छैन । स्थानीय स्रोत साधान अनुसारको उत्पादनलाई प्राथमिकता दिनु पर्छ । कच्चा पदार्थ उत्पादनमा पनि प्राथमिकता दिनु पर्छ । भण्डारणको सवालमा पनि सरकार र उत्पादन गर्ने व्यक्तिहरु सचेत हुनुपर्छ । नर्सरी, वृक्षरोपण,कच्चा पदार्थको उत्पादन र भण्डारणसम्मको दीर्घकालिन सोंच आवश्यक छ । यि सवालमा विधेयक बोलेकै छैन । यि सवाललाई मनन गरिनु पर्छ ।
कुमार पौडेल, महासचिब घरेलु तथा साना उद्योग बागमती प्रदेश
स्थानीयलाई हस्तकलाको उतपादन गर्ने सिपलाई प्रमोट गरेर कच्चा पदार्थ भएन भने फेरी अर्काको भर पर्नुपर्ने हुन्छ । कच्चा पदार्थको उत्पादनलाई पनि सहजिकरण गर्ने नीति त चाहिन्छ नै । कच्चा पदार्थको उत्पादनमा स्थानीयलाई प्राथमिकता दिनु पर्छ । घरेलु तथा साना उद्योगीहरुका समस्यालाई समेटेर अगाडी बड्न जरुरी रहेको छ । यसमा ध्यान दिन आवस्यक छ ।
रेनु ज्ञवाली कोषाध्यक्ष, मकवानपुर हस्तकला संघ, महिला उद्यमी
सहकारीहरुले उत्पादन गरेको हस्तकलालाई बजारीकरणमा सहयोग गर्नुपर्छ । साना उद्यमीहरु घरेलुमा दर्ता हुनै सक्दैनन्, कर÷शुल्क अति भयो । शुल्क तिर्नै नसकेको कारण हस्तकला उद्यमबाट महिलाहरु पलायन हुन थालेका छन् । सहकारीबाट सिप लिएर साना साना उद्यम गर्नेहरुलाई पनि यो ऐनले काममा सहजता सिर्जना गरिदिनु पर्छ । बिभिन्न समिति उपसमितिमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ ।
रामशरण लामिछाने, अधिवक्ता तथा मकवानपुरगढी गाउँपालिका
वडा देखी संघीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई हस्तकलाको प्रयोग गनिवार्य गर्न सकियो भने पनि यसको बजारीकरणमा राहत हुन्छ । यसैगरी सरकारी कार्यलायहरुमा पनि हस्तकलाको सामग्रहरु प्रयोगलाई प्राथमिकता दिनु पर्छ ।