बागमती प्रदेशसभाको समिति बैठकमा हस्तकलाग्राम स्थापना सम्वन्धी बिधेयकको समिक्षा

अखबार हब
२०८१ भाद्र १४, शुक्रबार २०:५४

हेटौंडा । ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८०’ का बिषयमा सरोकारवालाहरुले दिएको सुझाबलाई आज बागमती प्रदेशसभामा समितिको बैठकमा प्रस्तुतीकरण गरिएको छ ।

बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिको बैठकमा बिधेयकका बिषयमा बिहीबार आयोजित कार्यक्रममा सहभागिहरुले दिएका राय, सुझाबहरुलाई लिखीत रुपमा समितिको बैठकमा प्रस्तुतीकरण समेत गरेर यसका बारेमा समिक्षा गर्दै सुझाबपत्र हस्तान्तरण गरिएको हो ।

सभापति, सांसद, समितिका सचिव, समितिका कर्मचारी र सरोकारवाहरुका बिचमा अन्तरक्रिया कार्यक्रमका आएका सुझाबलाई लिखित रुपमा पेस गरेका छौं । जनपत्र मिडिया प्रा।लि। हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडीपी० को सहकार्यमा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्वन्धमा व्यावस्था गर्न बनेको बिधेयकका विषयमा भदौ १३ गतेका दिन बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिका सभापति, सांसद, समितिका सचिव, समितिका कर्मचारी र सरोकारवाहरुका बिचमा अन्तरक्रिया कार्यक्रमका आएका सुझाबलाई लिखित रुपमा प्रस्तुतीकरण गर्दै पेस गरिएको हो ।

अन्र्तक्रिया कार्यक्रमका अवसरमा यहाँका उद्योगि, व्यावसायी, मानबधिकारर्की, हस्तकला व्यावसायी, घरेलु तथा साना उद्योगामा आवद्ध व्यावसायी तथा मजदुर, सहकारीका सञ्चालक, लुघु उद्यममीहरु, मकवानपुर उद्योग बाणिज्यसंघका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि लगायतकाले दिएका सुझावलाई लिपिबद्ध पारेर बुझाएका बिधेयकमा समिक्षा गर्दै आज हस्तान्तरण गरिएको हो ।

जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाई, अधिवक्ता बालकृष्ण अधिकारीले बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सहभागि हुनुभएका प्रदेशसभाका सदस्यहरु तथा समितिका सदस्यहरु भारती कुमारी पाठक, रुकु चौलागाईं, ठुला थामी, बाल कुमारी बिस्वकर्मा, भुवन केशरी श्रेष्ठ र समितिका सचिब राजु श्रेष्ठलाई प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८०’ सरोकारवालाहरुले दिएको सुझाबलाई समेट्नका लागि हस्तान्तरण गरिएको हो ।

बिधेयकमा सरोकारवालाहरुले दिएको सुझाबलाई धेरै भन्दा धेरै कार्यान्वयन गरिने समितिका सभापति आनन्द कुमार श्रेष्ठले बताउनुभयो । दिएका सुझाबलाई कार्यान्वयन गर्दै अगाडी बढेन आफुहरु तयार रहेको उहाँले बताउनुभयो । बागमती प्रदेशसभाका सदस्य तथा समितिका सदस्य भारती कुमारी पाठकले समितिमा छलफलकै चरणमा रहेको बिधेयकमा दिएका सुझाबलाई कानून बनाउन सहज भएको र त्यसलाई कार्यान्वयन गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*