हेटौँडा अस्पतालले अतिरिक्त सेवा दिने

अखबार हब
२०८१ भाद्र १५, शनिबार ०८:१२

हेटौँडा । हेटौँडा अस्पतालले अबदेखि नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले १६ भदौबाट अतिरिक्तबाहेक विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न र गुणस्तरीय स्वास्थ्य सेवा छिटो र छरितो ढंगबाट प्रदान गर्न नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताए।

यसका लागि अस्पतालले शनिबारबाहेक प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। निमित्त मेसु सापकोटाका अनुसार अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले २४सै घण्टा टिकट काट्न सक्नेछन् भने विस्तारित बहिरंग सेवाका लागि बिरामीले चाहेको डाक्टरसँग जाँच गराउन पाउनेछन्।

निमित्त मेसु सापकोटाका अनुसार अस्पतालले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरूको सूची पहिल्यै सार्वजनिक गर्नेछ। अस्पतालबाट अतिरिक्त सेवाअन्तर्गत जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसूति विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउनेछ।

अस्पताल प्रशासनले विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएको तथा ल्याब परीक्षण, औषधि शुल्क भने साबिककै दरमा प्रदान गरिने जनाएको छ। अतिरिक्त समयमा सेवाग्राहीले स्वास्थ्य बिमा भने लिन भने पाउनेछैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*