अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छः नगर प्रमुख बिष्ट

अखबार हब
२०८१ भाद्र २२, शनिबार २२:२५

मकवानपुर । थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको बताए छन् ।

शनिबार थाहा नगरको जेसीज हलमा भएको एकदिने सेयर सम्बन्धी तालिमको प्रमुख अतिथि रहेका बिष्टले नेपालमा शेयर बजार महत्व दिन प्रतिदिन बढ्दै गएको बताएका हन् ।

लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भएको १ दिने शेयर सम्बन्धी तालिममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान र लियो जिल्ला परिषद् ३२५ एमका जिल्ला उपाध्यक्ष प्रबेशकुमार कार्कीको विशेष आतिथ्यता रहेको थियो ।

मकवानपुर जिल्लामै पहिलो पटक भएको सेयर तालिममा थाहानगरका ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

लामो समयदेखि सेयर बजारमा सक्रिय नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सेयर अभिमुखिकरण तालिमको सहजिकरण गरेका थिए ।

क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा भएको तालिम कार्यक्रम उद्घाटन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट, पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझी, ग्लोबल ईन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रवन्धक निर्देशक जीवनकुमार बस्नेत, लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्षहरु जयराम खत्री, गीता कार्की, लियो क्लब पिस थाहानगरका पूर्व अध्यक्ष कमल बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।

क्लबका सचिब अजय कार्कीले संचालन गरेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष शितल बिष्टले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*