अबैध सामान ओसार्ने ३ भारतीय हेटौंडाबाट पक्राउ

अखबार हब
२०८१ भाद्र ३१, सोमबार १५:२४

हेटौंडा । भन्सार छली ल्याईएको अबैध लत्ताकपडा तथा बिभिन्न किसिमका सामानसहित हेटौंडाबाट तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

आईतबार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले WB49N2178 नम्बरको भारतिय यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अबैध लत्ताकपडा तथा विभिन्न किसिमका सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेको हो ।

बसलाई रोकी चेकजाँच गर्ने क्रममा बस चालक भारत पश्चिम बंगाल जिल्ला मदेनिपुर ग्राम तमलुक बस्ने बर्ष ३१ को सदाम खान, सोही बसको अर्का चालक पश्चिम बंगाल वंकुरा ग्राम रतनपुर बस्ने बर्ष ३८ को काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर ग्राम बस्ने बर्ष ३० को जयदेव हेमरामलाई शंकालागि खानतलासी गर्दा बसको बिभिन्न भित्री भागमा फल्स बटम बनाई अवैध भन्सार छली ल्याईएका लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मौज मस्ती द्रोड लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, ग्यास लाईटर ७ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, किड १२ थान, नोमन लेखेको ठुलो प्याकेट १० थान र पम्प ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बरामद गरिएको अबैध सामान अन्दाजी ३१ लाख बराबरको रहेको भण्डारीले बताए ।

बसका चालक तथा सहचालकहरु  खान, मुडी र हेमरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कार्वाहिका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*