संविधान दिवसको अवसरमा हेटौंडामा बागमती प्रदेश सरकारको प्रभातफेरी

अखबार हब
२०८१ आश्विन ३, बिहीबार ०९:०२

हेटौंडा। संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।

बिहान ७ बजे हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्कुलरोड, बुद्ध चोक, चौकीटोल, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको थियो । प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेशका विभगीय मन्त्री, सांसद, मन्त्रालयका सचिवहरू, कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।

प्रभातफेरी कार्यक्रममा विभिन्न झाँकी तथा बाजा प्रदर्शन गरिएको थियो । बागमती प्रदेश सरकारले संविधान दिवस मनाउन मुख्यमन्त्री लामाको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*