संयुक्त राष्ट्रसभाद्वारा प्यालेस्टाइनमा इजरायली कब्जा एक वर्ष भित्र अन्त्य गर्न आह्वान

अखबार हब
२०८१ आश्विन ३, बिहीबार १०:०९

काठमाडौं । संयुक्त राष्ट्र महासभाले बुधवार एक गैर बाध्यकारी प्रश्ताव पारित गरेको छ । जसमा इजरायलले कब्जामा लिएको प्यालेस्टाइनको भूभागलाई आगामी १२ महिना भित्र छोड्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्र संघको १० औं आपतकालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारवाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रश्ताव पारित भएको थियो ।

मङ्गलवार प्यालेस्टाइन राज्यले पेश गरेको र दुई दर्जनभन्दा बढी राष्ट्रहरूले सह–प्रायोजित गरेको प्रस्तावमा इजरायलले अन्तर्राष्ट्रिय कानून अन्तर्गतका सबै कानूनी दायित्वहरू पूरा गर्न माग गर्दै अन्तर्राष्ट्रिय न्यायालयको सल्लाहकार राय सहितको माग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*