टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

अखबार हब
२०८१ आश्विन ३, बिहीबार २१:२८

हेटौंडा । टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ ।

टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले  बिहिबार उक्त मोडलहरु सार्वजनिक गरेको हो ।

टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स को आधिकारिक बिक्रेता हेटोंडा अटोमार्टमा टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) सार्वजनिक गरिएको हो ।
नयाँ पुस्ताका राईडरहरुलाई ध्यानमा राखि उक्त दुई मोडल तयार गरिएको कम्पनीको दाबी रहेको छ।

टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) फ्युल ईन्जेक्सन भेरिएन्ट ग्राहकको चाहना अनुसार तयार गरिएकोले यसले सजिलै ग्राहकको मन जित्ने हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।

यी दुबै मोडलमा आधुनिक डिजईन भएको र यसले ईन्धनको प्रयोगलाई किफायती बनाउने हेटौंडा अटो मार्टका अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।

टिभिएसको रेडर (एफआई)को मूल्य २ लाख ९२ हजार ९०० र रेडिअन (एफआई) को मूल्य २ लाख ३६ हजार ९०० रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*