हेटौंडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु

अखबार हब
२०८१ आश्विन ५, शनिबार ०८:४७

हेटौंडा । हेटौंडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ गोरक्षेश्वर मन्दिर स्थित पुर्व पश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।

हेटौंडा बजारबाट थानाभर्याङ तर्फ जादैँ गरेको साईकललाई ग्याँस बुलेटले ठक्कर दिई घाईते बनाएकोमा गएराती हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर सुडाल घर भई हेटौंडा– ११ थानाभर्याङ बस्ने ६० वर्षका रमेश पाण्डेलाई उपचारको लागी हेटौंडा अस्पतालमा लगीएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मकवानपुर प्रहरीले साइकललाई ठक्कर दिने ल्ीण्ज्ञीढण्द्दट नंबरको ग्यास बुलेट र चालक नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*