बन्चरो प्रहार गरेर श्रीमती हत्या गरेको मकवानपुरका युवक कारागार चलान

अखबार हब
२०८१ आश्विन ५, शनिबार ०८:५७

हेटौँडा । मकवानपुरमा बन्चरो प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका युवालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले कैलाश गाउँपालिका-५ कालीखोलास्थित काफलडाडाँकी २२ वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको आरोपमा २६ वर्षीय पति मंगलबहादुर पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मंगलबहादुरले गत साउन ३० गते घरभित्रै पत्नीलाई बन्चरो प्रहार गरी हत्या गरेपश्चात कालीखोला सामुदायिक वनको जंगलमा गाडेका थिए । प्रहरीका अनुसार उनले आफू अपराधबाट बच्नका लागि पत्नीको शवलाई २ वटा बोरामा प्याक गरेर घरनजिकै जंगलमा खाल्टो खनेर गाडेको पाइएको थियो ।

पत्नीको कपडाहरु पनि शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्टोमा पुरेका थिए । हत्या गर्न प्रयोग गरिएको बन्चरोको बीड फुकालेर जंगलमै खाल्टो खनेर लुकाएका थिए । उनले पत्नीको हत्या गरेको कुरा छिमेकीले थाहा पाएपछि इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरिदिएका थिए । उनले गाउँलेको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*