बागमतीमा सरकार गठनको दुई महिनापछि आयो न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

अखबार हब
२०८१ आश्विन ६, आईतवार २२:०३

हेटौंडा । बागमती प्रदेश सरकारले सरकार गठन भएको दुई महिनापछि आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

६७ बुँदे साझा कार्यक्रममा योजना बैंक स्थापना देखि प्रदेश प्रहरी र अनुसन्धान युनिट स्थापनास्म्म रहेको छ । कार्यक्रममा ३ वर्ष मुनिको बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ सेवा उपलब्ध गराइने विषय समेत उल्लेख छ ।

हाल देखिएको सहकारी समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको आयोगलाई नियमित काममा लगाउने पनि कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा निर्माण भएका हिल स्टेसनलाई व्यवस्थित ढङ्गले संचालनमा ल्याउन सरकारले जोड दिने विषयलाई पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन केही ढिला भएपनि ल्याइएको कार्यक्रमलाई पुर्णरुपमा कार्यन्वयनमा लैजाने बताए ।

प्रदेश सरकार निर्माण भएयता सरकारको विभिन्न क्रियाकलापमा सबैजना व्यस्त हुँदा कार्यक्रम केही ढिला आएको भन्दै उनले न्यूनतम कार्यक्रम अनुसार सरकारले द्रुत गतिमा काम गर्ने उल्लेख गरे ।

जनताको काम र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको भन्दै विकास र सुशासनलाई प्रदेश सरकारले सँगै अघि बढाउने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सत्तारुढ दल एमालेका संसदिय दलका नेता जगन्नाथ थपलियाले काङ्ग्रेस – एमाले गठवन्धनको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम अनुसारको काम सरकारले गर्ने बताए । यो गठवन्धन स्थायित्व र विकासको लागि निर्माण भएको भन्दै सरकारले सोही अनुसारको काम गर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*