हेटौंडाको नकौलीमा निःशुल्क आँखा शिविर

अखबार हब
२०८१ आश्विन ९, बुधबार २१:४६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– १ नकौलिमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

हेटौंडा सामुदायीक आँखा अस्पतालको प्रबिधीक सहयोग तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा शिविर सञ्चालन भएको हो ।

शिविरमा अस्पतालले क्योर व्लाइडनेस परियोजना अन्तरगत नकौली शहरी स्वास्थ्य केन्द्र बाझोडाँडामा सञ्चालन गरेको शिबिरमा १ सय ४० जनाको आँखा परिक्षण गरीएको थियो । शिबिरमा आँखा जाँच गर्न आएका मध्य १३ जनामा मोतियाबिन्दु र १ जनामा जलबिन्दु फेला परेको स्वास्थ्य केन्द्रका इन्चार्ज अहेब प्रतिमा घलानले जानकारी दिइन् । मोतियाबिन्दु र जलबिन्दु देखिएकाहरुको बिहीवार समुदायीक आँखा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको वडा अध्यक्ष सबिन न्यौपानेले जानकारी दिए ।

१ नम्बर वडाका अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य इश्वरी रसाईली, १ नम्बर वडा सदस्यद्धय मनु दाहाल र सोनामसिं व्लोनको आतिथ्यता रहेको थियो । शिबिरमा आँखा अस्पतालका तर्फबाट अप्थाल्मिक अफिसर रिना खड्गी, नेत्र सहायक धर्मराज यादब, आँखा स्वास्थ्य कार्यकर्ता अचला शर्माले आँखा जाँचमा आएकाहरुको परिक्षण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*