स्वास्थ मन्त्री एम्बुलेन्स लिएर विपत्ति स्थलमा, उद्दारमा आफै खटीए

अखबार हब
२०८१ आश्विन १४, सोमबार १०:५९

हेटौंडा। बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापा एम्बुलेन्स लिएर प्राकृतिक प्रकोपमा परि घाईते भएको घटनास्थल पुग्नुभएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परेर घाइते भएकाहरुको उपचारका लागि अस्पताल पुर्‍याउन समस्या भइरहेकाहरुका लागि  एम्बुलेन्स लिएर मन्त्री थापा सूर्यविनायक-८ र ९ को सिमाना नैचाल पुगेर घाइतेको उद्वार गर्नुभएको छ। पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उद्वार गरी भक्तपुर अस्पताल पुर्याइ उपचार भईरहेको छ ।मन्त्री थापाले सोहीस्थानमा पहिरोमा पुरिएर मृत्यु भएकाहरुलाई पोष्ट मार्टमका लागि अस्पताल पुर्‍याउन शव बहानको व्यवस्था पनि गर्नुभएको थियो । शनिबार पहिरोमा पुरिएर नैचालकै ३७ वर्षिय मनु तामाङ र ५० वर्षिया मसली तामाङको मृत्यु भएको थियो । मृतकको शव आइतबार मात्र पहिरोबाट निकालिएको हो । सूर्यविनायक नगरको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका कारण घाइतेको समयमै उद्वार हुन सकेको थिएन ।

आइतबार अवरुद्ध सडक खुलाएपछि मात्र एम्बुलेन्स घटनास्थल पुर्याएको थियो । मन्त्री थापा क्षतिको स्थलगत निरिक्षण, उद्वार तथा सडक खुलाउनेलगायतका काममा आफैं जानुभएको थियो ।

यस्तै मन्त्री थापाले सुर्यविनायक नपा वडा नं ८ सिपाडोलको पहाडी भेगमा भएको धन जनको क्षतिलाई अवलोकन गर्दै अबरुद्व सडक खुलाउन पहल, पीडितलाई राहत बितरण साथै आबश्यक बन्दो बस्तीको पहल गर्दै बस्ती–बस्तीमा पुग्नु भयो ।

दुई दिनदेखिको बर्षाका कारण भएको क्षतिको स्थलगत निरिक्षण गर्दै मन्त्री थापा वडाका अध्यक्ष, रेडक्रसकर्मी, स्वयमसेबक, सुरक्षा निकाएको टोलीसंगै उद्धारमा खटिएको मन्त्री थापाको स्वकीय सचीव सन्जीव थापाले जानकारी दिनुभयो ।

शनिबारनै प्रदेश स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेशका १३ वटै अस्पताल, १३ वटा जनस्वास्थ्य कार्यालयहरु, १३ वटै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आवश्यक कार्यको लागि खटाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*