६७ लाख मुल्यको सुनसहित हेटौंडाबाट एक जना पक्राउ

अखबार हब
२०८१ आश्विन १५, मंगलवार १८:३२

हेटौंडा । मकवानपुर प्रहरीले अवैध सुनसहित एक जना पक्राउ गरेको छ ।

मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट भन्सार छली ल्याईएको अवैध ६७ लाख ३४ हजार मूल्य बराबरको अवैध सुनसहित एक भारतिय नागरिक पक्राउ परेको हो ।

बिरगंजबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ज ६९६ नं.को यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्नेक्रममा भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफलाई शंका लागि चेकजाँच गर्ने क्रममा खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको बिल बिजक नभएको अबैध भन्सार छलि ल्याईएको सुन बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*