वर्षे अधिवेशन अन्त्यका लागि बागमती प्रदेश प्रमुखसमक्ष सिफारिस

अखबार हब
२०८१ आश्विन १५, मंगलवार २१:३०

हेटौंडा । बागमती प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश सरकारले सिफारिस गरेको छ ।

मंगलबार साँझ हेटौंडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १६ गते मध्यरातबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको १४ औं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेशसभाको यस अधिवेशन वैशाख ३१ गतेबाट सञ्चालन भएको थियो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद्को बैठकमा देशमा विद्यमान बाढीपहिरो विपद्को विषयमा छलफल भए पनि निर्णय भने गरिएको छैन ।

‘संसदीय परम्पराअनुसार सदनको अधिवेशन अन्त्य गर्ने दिनमा अन्य निर्णय गरिँदैन । त्यसकारण अधिवेशन अन्त्य गर्ने निर्णयमात्र गरेका हौं ।’

यसमा तपाइको मत

Your email address will not be published.


*