हेटौंडाबाट ८ केजी सुन बरामद
हेटौंडा । मकवानपुर प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ राटोमाटेबाट मकवानपुर प्रहरीले अवैध ४ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतिय नागरिक पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ३ बजेको समयमा सुनसहित भारतीय नागरिक प्रकाउ गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच क्रममा भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजि बर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा सवार महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजि बर्ष २७ को राहुल भिट्टिहाल बाडलाई खानतलासी गर्दा शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याईएको ८ थान बिस्कुट आकारको ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अबैध सुन बरामद गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।
सुनसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईने प्रहरीले जनाएको छ । बरामद गरिएको सनुको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार रहेको छ ।